नेपालमा जेन–जीआन्दोलन’ पुस्तक सार्वजनिक

नेपालमा जेन–जीआन्दोलन’ पुस्तक सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७ ।

प्रजातन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंको बानेश्वरस्थित संसद भवनको १ नम्बर गेटमा लेखकतथा चिल्ड्रेन भिजन नेपालका अध्यक्ष रमेश सिलवालद्वारा लिखित पुस्तक ‘नेपालमा जेन–जीआन्दोलन’को औपचारिक विमोचन सम्पन्न भएको छ।

समकालीन नेपाली समाज, डिजिटल पुस्ताको राजनीतिक चेतनातथा राज्य संरचना प्रतिको बदलिँदो दृष्टिकोणलाई समेटेर तयार गरिएको उक्त कृति सार्वजनिक कार्यक्रमबीच लोकार्पण गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, अध्येता, जेन–जीआन्दोलनकाअगुवाहरू, युवा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीयउपस्थिति रहेको थियो।

‘नेपालमा जेन–जीआन्दोलन’ केवल शब्दहरूको संकलननभई जेन–जी पुस्ताको पीडा, संघर्ष र आशाको प्रत्यक्ष दस्तावेज हो। पुस्तकले नेपालमा विकसित जेन–जी आन्दोलनलाई ऐतिहासिक, सामाजिक, आर्थिक तथा राजनीतिक सन्दर्भमा विश्लेषणात्मक रूपमा प्रस्तुत गरेको छ। विशेषगरी सामाजिक सञ्जालमार्फत संगठित युवाशक्तिको उदय, भ्रष्टाचार र दण्डहीनता प्रतिको आक्रोश, अवसरको अभाव, नीतिगत अपारदर्शिता तथा राज्यप्रतिको अविश्वास जस्ता विषयहरूलाई समग्र रूपमा समेटिएको छ।

जेन–जी पुस्तालाई “डिजिटल नेटिभ” का रूपमा व्याख्या गर्दै उनीहरूको संगठन निर्माणको नयाँ शैली, परम्परागत नेतृत्व प्रतिको प्रश्न र वैकल्पिक राजनीतिक संस्कृतिको खोजबारे गहन विश्लेषण गरिएको छ।

पुस्तकमा नेपालको आन्दोलनको ऐतिहासिक पृष्ठभूमि पनि समावेश गरिएको छ। प्रजातन्त्र स्थापना, पञ्चायत विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२÷६३ को जनआन्दोलनहुँदै विकसित राजनीतिक यात्राले निर्माण गरेको अपेक्षा र त्यसपछिको निराशालाई सन्दर्भ सहित प्रस्तुत  गरिएको छ। सोही पृष्ठभूमिमा विकसित जेन–जीआन्दोलनलाई परम्परागत दलगत संरचना भन्दा बाहिरको स्वतःस्फूर्त अभिव्यक्तिका रूपमा व्याख्या गरिएको छ। साथै आन्दोलनका सकारात्मक पक्षसँगै त्यसका सीमाहरू, चुनौतीहरू र सम्भावित जोखिमहरूलाई पनितथ्यगत रूपमा समेटिएको छ।

विमोचन समारोहमा बोल्दै लेखक रमेश सिलवालले भने , “यो पुस्तककुनै धारणा आरोपितगर्ने प्रयास होइन, बरु जेन–जीआन्दोलनलाई इतिहास, समाज र राजनीतिकाव्यापक सन्दर्भमाबुझ्ने आधार तयार गर्ने प्रयास हो। सडकमा उठेकाआवाज र पीडालाई शब्दमा परिणत गरेर भावी पुस्ताका लागि सुरक्षित राख्ने मेरो उद्देश्य हो।” उनले स्वतन्त्रता र लोकतन्त्र सहजै प्राप्तनभएको उल्लेख गर्दै त्यसकालागिगरिएको संघर्ष, बलिदान र युवाशक्तिको योगदानलाई स्मरण गर्नुपर्ने आवश्यकता औल्याए ।

‘नेपालमा जेन–जीआन्दोलन’अब देशभरका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहनेछ।

तपाइँको प्रतिक्रिया ।