नागार्जुन नगरपालिकालाई ब्यबसायिक तरकारी र फलफुल खेतीको विशेष क्षेत्र बनाउने योजना छ :सृजना पौडेल (प्रमुख ,कृषि विकास  शाखा)

नागार्जुन नगरपालिकालाई ब्यबसायिक तरकारी र फलफुल खेतीको विशेष क्षेत्र बनाउने योजना छ :सृजना पौडेल (प्रमुख ,कृषि विकास  शाखा)

कपन अनलाइन

काठमाडौ,पौष २३ ।

नागार्जुन  नगरपालिकाको बिषयगत साखा अन्तर्गत कपन अनलाइनले  नागार्जुन  नगरपालिकाको कृषि विकास  शाखा प्रमुख सृजना पौडेल संग  कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपनअनलाइन : तपाईको पारिबारिक पृष्ठभूमि बताईदिनुहोस न ?

सृजना पौडेल : बुटवलमा २०४४ सालमा बुवा  शेषरमण उपाध्याय र आमा सारदा पौडेलको कोख बाट जन्मिएको हु। मेरो बुवा कृषि अनुसन्धानको  सरकारी जागिरे भएकोले उहाको  कामको सिलसिलामा दोलखा जानु भएको थियो ।

मेरो प्रारम्भिक शिक्षा दोलखाबाट नै सुरु भयो मैले त्यहा ७ कक्षा सम्म पढे त्यसपछि ८,९,१०कक्षा बुटवलको कालिका माध्यामिक बिद्यालयमा पढे र २०५८ सालमा प्रबेशिका परीक्षा त्यहि बाट उत्तीर्ण गरे । त्यस पछि फेरी बुवाको सरुवा चितवनमा मकै बाली अनुसन्धान केन्द्रमा भयो।  मैले त्यहा बसेरस्मल हायर सेकेण्डरी स्कुल कल्याणपुर् बाट  प्लस टु गरे र बि यस सी रामपुर क्याम्पस चितवन बाट स्नातक गरे ।  मैले अस्ट्रेलिया को युनिभर्सिटी अफ मेलबोर्न बाट स्नातकोत्तर गरेको छु  ।

कपन अनलाइन :सरकारी सेवा कसरी  प्रवेश गर्नु भयो ?

सृजना पौडेल : स्नातक भए पछि ३ चार महिना लमजुङमा  एन जी ओ मा काम गरे ।त्यति बेला लोक सेवा खुलेको थियो । त्यहा लिखित परीक्षा दिएको थिए ।एन जी ओ मा काम गर्दा गर्दै लिखित मा नाम निस्कियो त्यस पछि एन जी ओ छोडेर अन्तरबार्ता दिंदा नाम निस्कियो ।

बागबानी विकास अधिकृतको रुपमा सिफारिस भए  सिफारिस भइसके पछी मेरो जब  जिल्ला कृषि विकास कार्यलय धनकुटामा नियुक्ति भयो ।  त्यहा दुइ वर्ष जति काम गरे त्यहाँ बाट  बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनमा सरुवा भयो।

त्यहा तीन वर्ष जति काम गरे। त्यस पछि एम एस  ए जी अध्ययनको लागि  अस्ट्रेलियाको युनिभर्सिटी अफ मेलबर्न गएको थिए। त्यहा बाट फर्कदा मेरो सरुवा रोल्पा सरुवा भएछ ।अनि रोल्पा गए त्यहा ७ /८ महिना काम गरे। त्यहि काम गर्दा गर्दै स्थानीय तहमा यता खटाउने कुरा भयो अनि काजमा यो नागार्जुन नगरपालिकामा कार्तिक देखि  कृषि विकास शाखा को शाखा अधिकृत  भएर काम गरिरहेको छु।

कपन अनलाइन :  नगरपालिका  र जनप्रतिनिधिहरु बाट कतिको सहयोग पाइरहनु भएको छ ?

सृजना पौडेल : पहिला जुन सिस्टममा काम गरिरहेका थियौ .अब यहा आएपछि पुरै फरक सिस्टममा काम गर्नु परिरहेको छ ।कति कुरा हामीले पनि बुझी सकेका छैनौ, कति कुरा उहाहरुले पनि बुझ्नु भएको छैन ।हाम्रो कामको प्रकृति र उहाहरुको अलिकति फरक छ।  तर पनि नगरपालिका  र जनप्रतिनिधिहरु बाट सकारात्मक सहयोग पाइरहेका छौ।

कपन अनलाइन  :   नगरपालिकाको  कृषि शाखा प्रमुखको रुपमा नागार्जुन नगरपालिकामा यहाले  के कस्तो  योजना सोच्नु भएको छ ?

सृजना पौडेल :  यो नागर्जुन नगरपालिकामा आएर बुझ्दा खेरि  यो  ब्यबसायिक तरकारी खेती र फलफुल खेती यहाको बिशेष रहेछ। कौशी खेति त हरेक शहर बजारमा हुने भइहाल्यो तर मुख्य गरेर तरकारी र फुल खेति यहाको माटो सुहाउने रहेछ। अन्य अन्न बाली  भन्दा पनि  त्यसैले त्यो कार्यक्रममा पहल गर्नु पर्ने देखिन्छ । त्यै अनुरुप योजना बनाएको छु ।

यो प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना छ । यस अन्तर्गत ब्यबसायिक किसानहरुलाई सहयोग गर्ने  जस्तै काम को प्रकृति हेरेर  तीन लाख ,पांच लाख सहयोग गर्ने कामको उचित  योजना सहित आएमा सम्झौता गरेर समन्वय गरेर अनुदान दिने काममा सहयोग गर्ने हुन्छ, अनुदानका कार्यक्रम हरु धेरै छन, तालिमका कार्यक्रम क्षमता अभिबृद्धि गर्ने सर सामनमा अनुदान दिएर  सहयोग गर्ने जस्ता कृषकहरुलाई अघि बढाउने किसिमका कार्यक्रमहरु को योजना बनाएको छु ।

तपाइँको प्रतिक्रिया ।