नेसनल प्याब्सन काठमाडौंले प्रथम खेलकुद सप्ताह कार्यक्रम गर्ने

नेसनल प्याब्सन काठमाडौंले प्रथम खेलकुद सप्ताह कार्यक्रम गर्ने

कपन अनलाइन 

काठमाडौ,पौष २३।

नेसनल प्याब्सन काठमाडौंले प्रथम खेलकुद सप्ताह कार्यक्रमको आयोजना गर्ने भएको छ।यही पौस २८ देखि उद्घाटन कार्यक्रम गरी औपचारिक रुपमा सुरु गरिने सो प्रतियोगितात्मक कार्यक्रममा करिब ५० देखि माथि विद्यालयहरुको सहभागिता रहने जानकारी गराइएको छ।

फुटबल,सट पुट, १०० मीटर देखि ३००० मीटरसम्मका रिले दौडजस्ता खेलहरु रहने आयोजकले बताएको छ।एनप्याब्सनले बिगतदेखि नै यस्ता विद्यार्थीमैत्री कार्यक्र्मलाई धेरै जोड दिदै आइरहेको प्रचारप्रसार विभाग सदस्य शक्ति नेपालले बताए।

तपाइँको प्रतिक्रिया ।