सुजुकी विन्टर क्याम्प सुरु

सुजुकी विन्टर क्याम्प सुरु

कपन अनलाइन

काठमाडौँ पौष २२ ।

आइतबारदेखि  तीन दिन सम्म सुजुकी विन्टर क्याम्प हुने भएको छ। सुजुकीका देशभर रहेका सर्भिस सेन्टरहरुमा विन्टर क्याम्प संचालन गर्ने  भएको छ ।

पौष  २३ देखि २५  गते सम्म संचालन हुने उक्त क्याम्पम सुजुकीका सबै गाडीहरु चेकअप गर्न सकिनेछ ।क्याम्पमा निःशुल्क एसडीटी डायग्नोसिस समेत गरिने  छ जसमा २५ प्रतिशत छुट प्रदान   गर्नुका साथै  पार्ट्स र लुब्रिकेन्ट्स, ह्विल एलाइनमेन्ट तथा विभिन्न एसेसरिजमा १० प्रतिशत छुट प्रदान गरिने छ साथै एसी चेकअप, ब्याट्री चेकअप, जनरल चेकअप र ब्रेक चेकअप निःशुल्क गरिने छ,उक्त   क्याम्पमा २४ प्वाइन्ट जनरल चेकअप गरिने छ ।

काठमाडौंको मित्रपार्कस्थित सुजुकी सर्भिस सेन्टर ‘अटो एभ प्रालि’ मा पनि उक्त विन्टर क्याम्प सञ्चालन हुनेछ । अटो एभमा मारुती सुजुकीका गाडीहरुको सर्भिसिङ, डेन्टपेन्ट, मर्मत सम्भार लगायतका सम्पूर्ण कार्य गरिनुका साथै त्यहा  गाडी सर्भिसिङका लागि आवश्यक अत्याधुनिक उपकरणहरु  समेत रहेका छन् । उक्त सर्भिस सेन्टरमा प्रतिष्ठित मानिएको एलगी कम्पनीका ग्यारेज इक्विपमेन्ट उक्त सर्भिस सेन्टरमा राखिएका कुरा‘अटो एभ प्रालि’ का म्यानेजिंग डिरेक्टर मदुसुधन  सिग्देल ले कपन अनलाइन लाइ  बताए ।

 

तपाइँको प्रतिक्रिया ।