महिला शसक्तिकरण र बाल अधिकार संरक्षणको क्षेत्रमा काम गर्नेछौ :लक्ष्मी देबी कुँवर (प्रमुख,महिला तथा  बालबालिका शाखा नागार्जुन नगरपालिका )

महिला शसक्तिकरण र बाल अधिकार संरक्षणको क्षेत्रमा काम गर्नेछौ :लक्ष्मी देबी कुँवर (प्रमुख,महिला तथा  बालबालिका शाखा नागार्जुन नगरपालिका )

कपन अनलाइ

काठमाडौँ पौष २३ ।

नागार्जुन  नगरपालिकाको बिषयगत साखा अन्तर्गत नागार्जुन नगरपालिकाको महिला तथा  बालबालिका शाखा प्रमुख लक्ष्मी देबी कुँवर  संग  कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपनअनलाइन :तपाईको पारिबारिक पृष्ठभूमि बताईदिनुहोस न ?

लक्ष्मी देबी कुँवर : मेरो जन्म २०३० सालमा बझांग को कुँवर गाउँमा भएको हो। मेरो बुवाको मोतिराम कुँवर र आमा  उजली देबी कुँवरको एक्लो सन्तान हु।  मेरो प्रारम्भिक शिक्षा धनेमा निमाबि  बाट सुरु गरेको थिए। मैले त्यहा ५ कक्षा सम्म अध्यन गरे ।त्यस पछि पधम पब्लिक माध्यमिक बिद्यालय सिलगढी डोटी  बाट २०४८ सालमा एस एल सी उत्तीर्ण गरे।  त्यस पछि मैले  पारिबारिक कारणले गर्दा उच्च शिक्षा अध्ययन गर्न पाइन।

कपन अनलाइन :सरकारी सेवा कसरी  प्रवेश गर्नु भयो ?

लक्ष्मी देबी कुँवर : मैले २०४९ सालमा यहि काठमान्डौ बाट  पहिला महिला विकास महाशाखा भन्ने थियो त्यति बेला म .म. का. क भन्ने पद खोलेको थियो। त्यहा बाट सरकारी सेवा सुरु गरेको हु ।

त्यति बेला हामी अस्थाई थियौ लामो समय अस्थाई रहेर नै सेवा गरियो२०६६ सालमा स्थाई भए  त्यति बेला मेरो नियुक्ति बाझाग मा भएको थियो । मेरो घर दुर्गम त्यति बेला काम गर्न एकदम नै कठिन थियो  ।

फिल्डको जागिर महिला भएको हुनाले पनि कठिन भएको थियो ।मैले सेवा गर्दा बझांग बाट बाँके २०५४ सालमा  सरुवा भयो।  म २०५५ सालमा काठमाडौँ को महिला तथा बालबालिका कार्यलयमा आए त्यतिबेला महिला  बिकास शाखा भन्ने थियो त्यहा ६ /७ वर्ष काम गरे। त्यहाँ बाट पनि मेरो कास्कीमा सरुवा  भयो। त्यहा बाट पनि सरुवा भएर भक्तपुर आए त्यहाँ काम गरेपछि फेरी रसुवा सरुवा भयो ।

त्यहाँ बाट फेरी काठमाडौँको महिला तथा बाल बालिका कार्यलयमा हुँदै गर्दा मेरो दरबन्दी बाग्लुंग रहेको छ र अहिले काजमा जिल्ला समंवय समिति बाट नागार्जुन नगरपालिकामा काजमा आएको छु।

कपन अनलाइन :  नगरपालिका  र जनप्रतिनिधिहरु बाट कतिको सहयोग पाइरहनु भएको छ ?

लक्ष्मी देबी कुँवर :यहाका जनप्रतिनिधि र नगरपालिकाका प्रमुख उपप्रमुख एकदमै सकारात्मक हुनुहुन्छ । हामीलाई निरन्तर के भैरहेको छ, जानकारी लिने गर्नु भएको छ । म यहाँ आएको २ महिना भयो । यहाको नगरपालिका संग के हो त बिषयगत शाखाको कामहरु भन्ने अन्योल रहेको छ।  त्यै अन्योल को बीचमा नै हामीले काम गरिरहेका छौ । हामीले नगरपालिका बाट सकारात्मक सहयोग पाइरहेका छौ ।

कपन अनलाइन  : बालबालिका शाखा प्रमुखको रुपमा के कस्ता योजना रहेको छ ?

लक्ष्मी देबी कुँवर : योजना त पहिला देखि नै हाम्रो कार्यक्रमको उदेश्य भनेको महिलालाई  सशक्त बनाउने हो । महिला हिंसा लैगिक  बिबेध  बाल अधिकारका कुराहरुनै हो।  हामीले जनचेतनामुलक काम तालिम , महिला सशक्तिकरणका काम हरु गर्नुपर्ने हुन्छ।

साथै वडाको संस्था  महिला समिति सहित अन्य संघ संस्थाहरु संग मिलेर काम गर्नुपर्ने हुन्छ।   सबै संग सहकार्य र समन्वय गर्दै अघि बढ्ने योजना रहेको छ ।

तपाइँको प्रतिक्रिया ।