नेपाल बिधुतिय व्यवसायी महासंघको आठौ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बिधुतिय व्यवसायी महासंघको आठौ वार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

पोखरा ,पौष २२।

नेपाल बिधुतिय व्यवसायी महासंघको आठौ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ ।नेकपा एमालेका नेता एबम प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले बिद्युत व्यवसायी हरुको पेशागत हक हित सम्बन्धि विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

सो साधारण सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले नेपालको विकासमा उर्जाको निकै ठुलो भूमिका रहेको र उर्जा क्षेत्र सम्बद व्यवसायी र व्यवसायिक संगठन हरुको मजबुती करण मा जोड दिएका थिए । उनले कम बिजकीकरण ले व्यवसायमा निकै असर परेकोले त्यसलाई न्यूनीकरण गरेर हटाउदै सहज व्यवसायिक वातावरण बनाउनु पर्ने बताए ।

उक्त साधारण सभाको अध्यक्षता तेज नारायण खरेलले गरेका थिए ।  फोटो सौजन्य :बालकृष्ण भट्टराई

तपाइँको प्रतिक्रिया ।