निबन्ध आचार्यको 'कपन बानेश्वर' साप्ताहिकले पहिलो वर्ष पूरा गर्यो

DSC_0534कपन अनलाइनकपनबाट प्रकाशित हुने साप्ताहिक सात्यिक पत्रिका ‘कपन बानेश्वर’ प्रकाशित हुन थालेको पहिलो वर्ष पूरा भएको छ । कपनदेखि बानेश्वरसम्मका साहित्यिक गतिविधि तथा लेख रचना प्रकाशित गरिने यस साप्ताहिक पत्रिकाका सम्पादक कपन निवासी निबन्ध आचार्य हुन् ।

 

कपन मिलनचोकस्थित मिलनचोक पार्टी भेन्यूमा हालै आयोजित एक कार्यक्रममा कपन बानेश्वर पत्रिकाको प्रथम वार्षिककोत्सवको सार्वजनिक कार्यक्रम गरिएको हो । वरिष्ठ कवि तथा लेखकहरुका साथ स्थानीयवासीहरु सहभागि भएको कार्यक्रममा कपन वानेश्वर पत्रिकाले वर्षभरीको उत्कृष्ट लेख रचनालाई पुरस्कृत र सम्मान गरेको थियो । वरिष्ठ साहित्यिक व्यक्तिहरु मोहन दुवाल, मित्रलाल पंज्ञानी, रामप्रसाद ज्ञवाली आदिको उपस्थितिमा सम्पादक निबन्ध आचार्यले कपन बानेश्वरलाई दीर्घकालिन रुपमा प्रकाशन गर्न सबैको साथ र सहयोग चाहिएको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।