कपनमा नेकपा- माओवादीको चुनावविरोधी सक्रियता बढ्दो
कपन अनलाइनआगामी मंसिरमा हुने भनिएको संविधान सभाको चुनावको विरोध गरिरहेको नेकपा- माओवादी कपनमा पनि सक्रिय देखिएको छ । युवाहरुको विशेष बाहुल्यता रहेको कपन नेकपा- माओवादीले कपनभर संविधानसभा विरोधी पोष्टर टाँसिसकेको छ ।
अरु दलहरुले चुनावी माहौलमा सक्रिय हुन आग्रह गरिरहेको बेला यतिखेर नेकपा – माओवादी देशभर पार्टी कार्यकर्ताको भेला तथा चुनाव बहिष्कारका लागि कार्यनीति निर्माणमा व्यस्त रहेको कपन माओवादी सेक्रेटरी अशोक पाण्डेले कपन अनलाइनलाई बताए ।
यसैबीच नेकपा – माओवादीका वरिष्ठ नेताहरु विप्लव र पम्फा भुषाल श्रावण १३ का दिन कपन ३ स्थित मिलनचोक पार्टी भेन्यूमा आयोजित एक विशेष कार्यक्रमलाई संबोधन गर्न आइपुगेपछि कपनमा झनै संबिधानसभा बिरोधी कृयाकलाप बढ्ने संभावना रहेको बताइन्छ
।
तपाइँको प्रतिक्रिया ।