चाबहिल–जोरपाटी सिसिटिभी प्रहरी निगरानी शुरु

कपन अनलाइनबद्रि भट्टराई

समाजमा शान्ति सुरक्षा प्रदान गर्ने र आम सर्वसाधारणलाई भयमुक्त वातावरणमा जीवन निर्वाह गर्ने वातावरण बनाईराख्नु नेपाल प्रहरी र यसका मातहतका नियकायको प्रमुख जिम्मेवारी हो । प्रहरी प्रशासनसँग आमाजनता अझै पनि पूर्ण रुपमा विश्वस्त हुन नसकिरहेको अवस्था एकातर्फ छ भने अर्कौ तर्फ पहुचवालाका लागि मात्र कानुन बनेका उदाहरण पनि सुन्न र देख्न पाईन्छ । दिनानुदिन बढदै गएको वेरोजगारी, लागुऔषध दुर्व्यसनी, राजनैतिक आडमा हुने गुण्डागर्दी, तोडफोड, लगायतका क्रियाकलाप र टोल टोलमा आफ्नो हैकम जमाउन चाहाने असमाजिक तत्वहरु जस्ता विषयसँग सँधै चनाखो भइरहनुपर्ने र प्रहरीसँग त्यसका लागि पर्याप्त स्रोत साधन पनि नहुनाले  प्रहरी प्रशासनसँग आमजनता निराश हुनु पनि अस्वभाविक पनि  होइन । तथापि महानगर र काठमाडौंमा हुने विभिन्न घटना तथा दुर्घटनाहरुमा सबैको ध्यान केन्द्रित हुने हुदाँ यस अन्तर्गतका सबै बृत्त तथा प्रभागहरु आफ्नो क्षेत्र सुरक्षाका दृष्टिकोणले मजबुत बनाउन चाहन्छन  । कोहि सफल हुन्छन कोहि असफल ।

चाबहिल–जोरपाटी सि.सि.टिभी जडान भयो 

cctvआफ्नो क्षेत्रमा सुरक्षाको अवस्थालाई चुस्तदुरुस्त बनाइराख्ने प्रयास अनुरुप महानगरीय प्रहरी बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार के.सी र बौद्ध बृत्तले आफ्नो एरियाको महत्वपूर्ण स्थानहरुअन्तर्गत चाबहिलदेखि जोरपाटीसम्म सि.सि.टिभीबाट निगरानी राख्ने कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी,  प्रहरीका जिम्मेवार अधिकृत तथा समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा सो कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।

करिब २५ लाख लागतामा जम्मा ३५ वटा सि.सि. टिभी भध्ये १९ वटा लाइट भिजनसहितको हाइ डिफिनेसन  क्यामेरालाई बौद्धनाथ क्षेत्रबाट जडान गरिएको १६ वटा क्यामेरालाई नेटर्वकमा आवद्ध गराइएको जानकारी प्र.ना.उ मनोज कुमार के.सी ले उक्त कार्यक्रम मार्फत जानकारी दिए । कार्यक्रमका बारेमा बोल्दै के.सी.ले  चाबहिल–जोरपाटी सि.सि.टिभी जडान कार्यक्रम यस क्षेत्रको सडकखण्ड तथा आवतजावतका दृष्टिकोणले महत्वपूर्ण रहेको र प्रायः सबै बैकिङ्ग संस्थाहरुभएका कारण यस किसिमको कार्यक्रम ल्याइएको जानकारी दिए । बदलिदो सुरक्षा चुनौती र सुरक्षामा प्रविधिको विश्वव्यापी प्रयोगलाई मध्यनजर गरी ल्याइएको कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाले उक्त कार्यक्रमको प्रशंसा गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।