महानगरीय प्रहरी परिसर भक्तपुरको प्रशिक्षण कक्ष तथा सभाहल उद्घाटन

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रशिक्षण कक्ष तथा सभाहल उद्घाटन
कपन अनलाइन
काठमाण्डौ, पौष १८ ।
नागरीक समाजका अगुवा तथा साहित्यकार तेजेश्वरबाबु ग्वंग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी आयुक्त जय बहादुर चन्दले संयुक्त रूपमा महानगरीय प्रहरी परिसर, भक्तपुरको नव-निर्मित प्रशिक्षण कक्ष तथा सभाहलको आज आयोजित एक समारोह बीच उद्घाटन गरेका छन  ।
साथै उहाँहरूले सभाहल निर्माण कार्यमा सहयोग पुर्यािउनु हुने विभिन्न संघ-संस्था तथा स्थानिय व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी आयुक्त चन्दले नागरीक प्रहरीको सम्बन्ध बलियो बनाउनु पर्ने भन्दै स्थापना कालदेखिनै नेपाली जनताको हरेक दुख सुखमा नेपाल प्रहरीले साथ दिंदै आएको र प्रहरीलाई पनि जनताले साथ दिंदै आएको बताउनुहुँदै असल साथीले निभाउनु पर्ने भूमिका जनताले निभाएको बताए  ।
प्रशिक्षण भवन अभाव रहेको भक्तपुरमा स्थानिय जनताको सहयोगले नव-निर्मित भवनले सो आवश्यकता पूरा गरेको बताउनु भयो । यस्ता कार्यक्रमले प्रहरी मेरो साथीको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनु हुँदै सहयोगी दाताहरूलाई धन्यवाद दिई आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुका  साथै जनताले प्रहरीबाट गरेको अपेक्षा पुरा गर्ने कार्यमा अलिकता पनि पछि नहटि कार्य सम्पादन गर्न मातहत कर्मचारीहरूलाई निर्देशन समेत दिए  ।
कार्यक्रमका प्रमुख अतिथि नागरीक समाजका अगुवा तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगले नागरीक र प्रहरीको सम्बन्ध र सहकार्यलेनै समाजमा शान्ती सुव्यवस्था कायम गर्न सकिने भन्दै यस्ता कार्यहरूले दुई बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए  ।
भवन निर्माण समितिका कोषाध्यक्ष सुनिल चित्रकारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै महानगरीय प्रहरी परिसर भक्तपुरको हाताभित्र सभा हलको आवस्यकता महसुस गरी स्थानिय सहयोगी/दाताहरूबाट नगद कुल १९ लाख २९ हजार ४ सय १६ रूपैयाँ र प्रहरीको जनश्रमदानबाट निर्माणकार्य सम्पन्न भएको जानकारी गराउँदै नवनिर्मित भवनले विभिन्न कार्यक्रम तथा क्रियाकलापहरू संचालन गर्न सहज हुने बताए  । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नबराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक गणेश के.सी. लगायतका बक्ताहरूले मन्तव्य राख्नुक भएको कार्यक्रममा भक्तपुर जिल्लाका स्थानिय जनप्रतिनिधिहरू, प्रहरी सह-आयुक्तहरू तथा प्रहरी कर्मचारी, संघ संस्थाका प्रतिनिधीहरू लगाएत स्थानिय जनताहरूको उपस्थिति रहेको थियो

 

तपाइँको प्रतिक्रिया ।