प्रिमियर लिगमा सिटी १५ अंकले अगाडि

प्रिमियर लिगमा सिटी १५ अंकले अगाडि

कपन अनलाइन

काठमाडौं, पौष १३ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेकाे म्यानचेस्टर सिटीले  बुधबार राति न्यूक्यासल युनाइटेडलाई १ – ० ले पराजित गरेको छ। यससँगै सिटीले लिगमा १५ अंककाे अग्रता कायम गरेकाे छ।

न्यूक्यासलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन एक मात्र गोल रहिम स्ट्रलिङले गरेका थिए। पहिलो हाफको ३१ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई ३ अंक दिलाएका हुन्।

सुरुवातबाटै  खेलमा हाबी भएपनि सिटीले त्यसपछि थप गोल गर्न सकेन। यस्तै घरेलु टोलि न्युकासलले सिटीको पोष्टमा दुई पटक आक्रमण गरेको थियो। तर अवसरमा उपयाेग गर्न नसक्दा न्यूक्यासल घरेलु मैदानमा पराजित भयो।

जितसँगै सिटीले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना झन् बलियो बनाएको छ। लिगमा २० खेल सकिँदा सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १५ अंकको अग्रता कायम गरेको छ। सिटीको ५८ अंक छ भने दोस्रो स्थानमा रहेको युनाइटेडको ४३ अंक छ। न्यूकासल भने १८ अंक जोडेर लिगको १५ औं स्थानमा  रहेकाे छ।

तपाइँको प्रतिक्रिया ।