फिल्म ‘बटरफ्लाई’ को फस्ट लुक पोष्टर सार्वजनिक

फिल्म ‘बटरफ्लाई’ को फस्ट लुक पोष्टर सार्वजनिक
कपन अनलाइन
काठमाडौं, पौष १३ । पुष २८ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘बटरफ्लाई’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । ट्रेलर र ‘म गाउँदिनँ अब गीत गजल.. ’ बोलको गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहँदा निर्माण पक्षले फिल्मको रोमान्टिक पोष्टर सार्वजनिक गरेको हो ।
पोष्टरमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । आर्यन र प्रियंका फिचरिङ यो पोष्टरले फिल्मप्रति झनै उत्सुकता बढाएको छ ।
यो जोडीले पहिलो पटक ‘विग स्क्रिन’मा रोमान्स गरेका हुन् । फिल्ममा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् ।
तपाइँको प्रतिक्रिया ।