बूढानिलकण्ठ नगरपालिकामा असर सर्भेको स्वयंसेवक तालिम सुरु

बूढानिलकण्ठ नगरपालिकामा असर सर्भेको स्वयंसेवक तालिम सुरु

कपन अनलाइन 

काठमाडौ,पौष ११ ।

बूढानिलकण्ठ नगरपालिकामा असर सर्भेको लागि स्वयंसेवक तालिम सुरु भएको छ। नगरका चार स्थान कपन बाल उद्दार स्कुल, वडा नं ८ को कार्यालय, चपलि सामुदायिक केन्द्र र बूढानिलकण्ठ सामुदायिक प्रहरी कार्यालयको हलमा स्वयमं सेवकहरुलाई ४ दिवसिय तालिम ११ बजे देखि ४ बजे सम्म दिने व्यवस्था मिलाइएको छ।

तालिममा नगरका घरहरुमा गएर सोधिने प्रश्न, रिसर्च गर्ने तरिका बारे सिकाइन्छ। यस कार्यक्रमको संयोजन असर नेपालले गरिरहेको छ। यसका लागि नगरपालिकाले अनलाइन मार्फत आवेदन लिई युवा विद्यार्थिहरुको छनोट गरेको हो।

यो तालिम पश्चात तालिम प्राप्त युवाहरु नगरपालिका का विभिन्न अनुसन्धान मुलक र सामाजिक अभियानमा सक्रिय बन्ने नगरपालिका श्रोतले बताएको छ ।

फोटो सौजन्य :बुढानिलकण्ठ नगर प्रमुखको कार्यालय

तपाइँको प्रतिक्रिया ।