बुढानिलकण्ठ वडा नं २ लाई विपद व्यवस्थापन सामग्री हस्तान्तरण गरियो

बुढानिलकण्ठ वडा नं २ लाई विपद व्यवस्थापन सामग्री हस्तान्तरण गरियो

कपन अनलाइन 

काठमाडौ,पौष ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ लाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय ,जाइका र एन्फोको सहयोगमा विपद व्यवस्थापनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको प्रमुख आतिथ्यतामा भएको सो सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नं २ का अध्यक्ष ,सदस्यहरु ,महिला समुहका प्रतिनिधिहरु,वडा सचिवहरु  र स्थानियहरुको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र खड्काको अध्यक्षतामा गठन भएको २५ सदस्यीय समितिलाई विपदको समयमा प्रयोग हुने त्रिपाल , अस्थायी सौचालय ,शावेल , तिन तला सम्म प्रयोग गर्न सकिने भर्यांग ,इनारमा छिर्न प्रयोग हुने डोरी र आगलागी बाट बच्ने ग्यास सिलिन्डर आदि प्रदान गरिएको थियो।

सहयोगमा प्राप्त सामग्रीलाई विपद व्यवस्थापन केन्द्र बुनपा २ को भवनमा भण्डारण गरिएको समितिका अध्यक्ष राजेन्द्र खड्काले बताए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।