कपनमा एकै दिन ३ वटा वातावरण, २ वटा स्वास्थ्य र १ वटा महिलासम्बन्धि सार्वजनिक कार्यक्रम,

कपनमा एकै दिन ३ वटा वातावरण, २ वटा स्वास्थ्य र १ वटा महिलासम्बन्धि सार्वजनिक कार्यक्रम,

कपन अनलाइनसार्वजनिक विदाको दिन कपनमा विभिन्न कार्यक्रमहरुको बाढी लाग्न थालेको छ । विशेषगरेर शनिवारको दिन कतिपय राजनीतिक तथा सामाजिक कार्यकर्तालाई कार्यक्रम जानका लागि भ्याई नभ्याई भएको देखिन्छ । राजनीतिक कार्यक्रमा मात्र नभई सामाजिक र जनचेतनासँग सम्बन्धित कार्यक्रमहरु पनि पछिल्ला केही समयदेखि धेरै हुन थालेको हो । विशेषगरेर नेपाल सरकारले स्थानीय निकायमा लक्षित वर्गलाई भनेर बजेटको अनिवार्य हिस्सा प्रदान गरेपछि गाविसस्तरमा विभिन्न खाले कार्यक्रमहरु हुन थालेका हुन् । लक्षित वर्गका नाममा प्राप्त बजेटका कारणले हुने गरेका यस्ता सार्वजनिक कार्यक्रमको दुरगामी प्रभाव जे जस्तो भए पनि हरेक शनिवार टोल छिमेकमा माइकको आवाज गाउँ गाउँमा सुनिन थालेको छ ।

 

कपनमा आज असार २२ गते ६ वटा सार्वजनिक कार्यक्रमहरु आयोजना गरियो । यसरी सामाजिक महत्वका विषयमा एकैदिन आयोजना भएको यो सबैभन्दा धेरै कार्यक्रम पनि हो । ६ वटा कार्यक्रम भए पनि यी कार्यक्रमहरु कुनै पनि राजनीतिक महत्वको थिएन । वातावरणको शीर्षकमा आज ३ वटा कार्यक्रम भयो भने स्वास्थ्या अन्तर्गत २ वटा र महिला हिंसाको विषयमा एउटा कार्यक्रम आयोजना हुँदा कपन गाविसका सचिव तथा यहाँका राजनीतिक दलका प्रतिनिधिहरु दगुरादगुर गरिरहेका थिए । के के कार्यक्रम भए आज कपनमा ?

 

2-5 sarsfai१.  फोहरमैलाका बारे जनचेतना कार्यक्रम ः कपन गाविसको ह्याण्डबल चौरबाट शुरु भएको यो कार्यक्रमअन्र्तगत घरदैलो गर्दै यहाँको वडा नं. २, ५ र ६ वडामा मूल सडक सफा गर्न केन्द्रित थियो । मुख्य सडक सफा गर्दै घरघरमा फोहर व्यवस्थापन गर्ने कार्य सिकाउने क्रममा  ठूलो संख्यामा महिलाहरु  र्याली मा सहभागि थिए । कपन गाविस अन्तर्गत बनेको वातावरण तथा फोहरमैला उपसमिति कपन २,५ र ६ वडाले कार्यक्रम आयोजना गरेको थियो ।

 

IMG_3747२. धोवीखोला सरसफाईः कपनको सिमाना भएका बग्ने महत्वपूर्ण नदी धोवीखोला यहाँ बढ्दै गएको जनसंख्याको कारण दुर्गन्धित भएको हुँदा यस आसपासका बासिन्दाहरुका लागि भनेर कपन गाविसको वातावरण तथा फोहरमैला व्यवास्थापन समितिले विशेष किसिमको सरसफाई कार्यक्रम आयोजना गर्यो । धोवीखोला सरसफाई भनिएको यो कार्यक्रममा कपन गाविसका राजनीतिक कार्यकर्तासहित प्रहरी प्रभाग कपन र स्थानीयवासीहरुको ठूलो सहभागिता थियो ।

 

N0700234 140३. एक घर एक चेरी कार्यक्रम सुरुः कपन गाविसले यो वर्षबाट हरेक घरमा रुखबिरुवा हुनै पर्ने सोचाइसहित लागु गरेको एक घर एक चेरी कार्यक्रम आजैबाट सुरु भएको छ । कपन गाविसको वडा नंं २ र ५ को करिब ४५० घरमा यो वर्ष परीक्षण खेतीको रुपमा लागु गरिएको यस कार्यक्रममा कपन गाविसले २५ प्रतिशत र सि एफ आर डि पि संस्थाले ७५ प्रतिशत लागानी गरेर चेरीको बिरुवा निःशुल्क वितरण गरिएको हो । कपन १ स्थित विरुवा व्यवस्थापन केन्द्रमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा गाविस सचिव, राजनीतिक दलहरुका प्रमुखहरु, अनुगमन समितिका साथमा स्थानीय व्यक्तिहरुको उपस्थितिमा आजैबाट चेरीको बिरुवा बाँडिएको छ । आगामी १५ दिनभित्र सबै बिरुवा बाँडि सकिने गरी हरेक दिन बिहान ७ देखि ८ बजे बिरुवा बाँड्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । एक घर एक चेरी कार्यक्रमका लागि यो वर्ष कपन गाविसले रु. १ लाख छुट्याएको थियो ।

 

IMG_3802४. महिला हिंसा सम्बन्धि अन्र्तक्रियाः कपन गाविसको वडा नं. ३ मा आज महिला हिंसा सम्बन्धि विशेष अन्र्तक्रिया कार्यक्रम आयोजना गरियो । नेपाल बार एशोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रमलाई कपन गाविसका साथमा सिद्धेश्वर महिला समूह, विकास अभियानमा महिला समूह र कपन महिला समाजले संयुक्तरुपमा आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै बार अध्यक्ष हरिकृष्ण कार्कीले महिला हिंसा पिडितलाई निःशुल्क कानुनी उपचार दिइने कुरा बताएका थिए ।

 

५. बालकुमारी स्कूलमा निःशुल्क दन्त शिविरः कपन गाविसको वडा नं. १ मा रहेको बालकुमारी निमाविको हातामा यस विद्यालयका विद्यार्थी तथा यहाँका बासिन्दाहरुको लागि भनेर निशुल्क दन्त शिविरको आयोजना गरियो । विहान १० बजेदेखि शुरु भएको यो शिविर ३ बजेसम्म चलेको स्थानीय सामाजिक सरोकारवाला नरेश पौडेलले कपन अनलाइनलाई जनाए । यस कार्यक्रमबाट धेरै मानिस लाभान्वित भएको पनि उनले बताए ।DSC01199

 

६. ओस्कार स्कूलमा दन्त शिविरः कपन १ मा रहेको ओस्कार स्कलर्स एकेडेमीमा आज निःशुल्क दन्त शिविरको आयोजना गरियो । विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको समाजको आवाजले भन्ने संस्थाको अगुवाइमा यो कार्यक्रम आयोजना भएको हो । चावहिलस्थित हिमाल डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रम बिहान ११ बजे सुरु भएर ३ बजेसम्म चलेको थियो । आज भएको एकदिने निशुल्क दन्त शिविरको सहआयोक उन्नत समाजका फूलहरु भन्ने संस्था थियो ।1004753_473691189390099_1318581352_n

तपाइँको प्रतिक्रिया ।