काठमाडौं ४ मा कुन वडामा कस्तो थियो प्राप्त मतको अवस्था ?

काठमाडौं ४ मा कुन वडामा कस्तो थियो प्राप्त मतको अवस्था ?

कपन अनलाइन 

काठमाडौ,मंगसिर २५।

नेपाली कांग्रेसका  युवा नेता गगनकुमार थापा काठमाडौं क्षेत्र नं. ४ को प्रतिनिधि सभामा निर्वाचित भए ।

क्षेत्र नं ४ मा रहेको बुढानिलकण्ठ नगरपालिकाको आठ वटा वडा र काठमाडौं महानगरपालिकाको चार वटा रहेको छ । यसपटक उनले बुढानिलकण्ठ नगरपालिकाको आठ वटा वडाबाट ११ हजार एक सय २१ र काठमाडौंको चार वटा वडाबाट १० हजार ४  सय ४६ मत ल्याएका थिए ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नं १ मा  कांग्रेसको ५  सय ९२ भोट आउँदा बामगठबन्धनको ६  सय १८ मत आएको थियो । तर वडा नं. २ मा भने बामगठबन्धन भन्दा कांग्रेस बलियो देखिएको छ । कांग्रेसको १  हजार१  सय ८७ भोट आउँदा ८  सय ९५ मत पाएको थियो ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ८ मा भने कांग्रेस र वामगठबन्धनको अवस्था बराबरी जस्तै देखिएको थियो । कांग्रेसले १  हजार ४  सय २१ भोट ल्याउदा वामगठबन्धनको १  हजार ४  सय २६ मत आएको थियो । जम्मा ५ भोट वामगठबन्धनले बढी ल्याएको थियो ।

वडा नं. ९ मा भने १  सय ९  भोटले वामगठबन्धन अघि रहेको छ । वामगठबन्धनले १  हजार १  सय ९९ भोट ल्याउँदा कांग्रेसको भने १ हजार ९० मत मात्र आएको थियो । वडा नं. १० र १२ मा पनि वामगठबन्धन नै अघि रहेको मतसंख्याको आधारमा देखिन्छ । वडा नं. १० मा वामगठबन्धनको २  हजार ६  सय ४५ मत आउँदा कांग्रेसको २  हजार २  सय ४२ मत मात्र पाएको थियो । वडा नं. १२ मा पनि वामगठबन्धननको १  हजार ५  सय ९२ मत आउँदा कांग्रेस १  हजार ४  सय ३  मतमा नै सिमित हुन पुगेको थियो ।

वडा नं. ११ मा  कांग्रेसले १  हजार ७  सय ६२ मत ल्याउँदा वामगठबन्धन १  हजार तीन सय ६१ मा नै सिमित हुन परेको थियो । वडा नं. १३ मा भने १० मत मात्रले कांग्रेस अघि देखिन्छ । १  हजार ४  सय २४ मत कांग्रेसले ल्याउँदा १  हजार ४  सय १४ मत वामगठबन्धनले पाएको थियो ।

काठमाडौं महानगरपालिकाको चार वटै वडामा भने नेपाली कांग्रेस निक्कै अघि रहेको थियो  । चार वटै वडामा वामगठबन्धनको भन्दा बढी भोट ल्याएर कांग्रेस विजयी हुन सफल भएको हो । वडा नं. ७ मा कांग्रेसले ४  हजार ५  सय ६४ भोट ल्याउँदा वामगठबन्धनले ३  हजार ७  सय ९६ मत ल्याएको थियो ।

त्यस्तै वडा नं. ८ मा १  हजार ७  सय ३९, ३० मा २  हजार ८  सय ७१ र वडा नम्बर १ मा १  हजार २  सय ६६ मत कांग्रेसले पाएको थियो । जबकी वामगठबन्धनले वडा नं  ८ मा १  हजार ४  सय ९३ र वडा नं ३० मा १  हजार २  सय ८४ र १ मा ५  सय १५ मत पाएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।