२० राजनीतिक हस्तीहरु जसको संसद यात्रा रोकियो
कपन अनलाइन
काठमाडौ,मंगसिर २५ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन अगाडि देखिएको छ। वाम गठबन्धनका उम्मेदवारले नेपाली कांग्रेस र उसँग गठबन्धनमा आएका दलका शीर्ष नेताहरुलाई समेत पराजित गरेका छन्।
नेपाली कांग्रेसका चर्चित अनुहार समेत यो निर्वाचनमा पराजित भएका छन् भने मतगणना भइरहेका क्षेत्रहरुमा कमजोर देखिएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र शशांक कोइराला, मिनेन्द्र रिजाल, गगन थापा, प्रकाशमान सिंहलगायतका केही नेता बाहेक कांग्रेसका अन्य नेताहरु हालसम्म मतका हिसाबले पछाडी देखिन्छन्।
१) पशुपति शम्शेर राणा,
राप्रपा प्रजातान्त्रिक सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा पराजीत भएका छन्। वामगठबन्धनका उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले नेता राणालाई ८ हजार ३२ मतान्तरले पराजीत गरेका हुन्। तामाङले ३८ हजार ४ सय १ मत ल्याए भने राणाले ३० हजार ३६९ मत मात्र ल्याए। तामाङसँग राणाको हार यो दोस्रो हो।
२) रवीन्द्र मिश्र,
विवेकशील-साझा पार्टी काठमाडौं क्षेत्र नम्बर १ मा नयाँ शक्तिको रुपमा आएको पार्टी विवेकशील साझा पार्टीका रविन्द्र मिश्र पराजित भएका छन्। लोकतान्त्रिक गठबन्धन तथा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ८१८ मतान्तरले मिश्रलाई हराएका हुन्। नेता सिंहले १० हजार ९ सय ३६ मत प्राप्त गरे भने सिंहका निकटतम प्रतिद्वन्द्वी विवेकशील–साझा पार्टीका रवीन्द्र मिश्रले १० हजार १ सय १८ मत प्राप्त गरे।
३) हितमान शाक्य,
माओवादी केन्द्र काठमाडौं १० मा संयुक्त बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितमान शाक्य पराजित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसीले शाक्यलाई २ हजार २ सय ८३ मतले पछि पार्दै केसी विजयी भएका हुन्। केसीले २४ हजार १९० मत प्राप्त गरी जित हात गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका छन्।
४. डा. राजन भट्टराई,
नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता डा. राजन भट्टराई पराजित भएका छन्। निकै चासोको निर्वाचन क्षेत्रका रुपमा लिइएको यस क्षेत्रमा कांग्रेसका नेता गगनकुमार थापासँग विजयी भएका छन्। उनले २१ हजार ५५८ मतसहति प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। थापाका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार राजन भट्टराईले १८ हजार १४० मत ल्याए।
५. शेखर कोइराला,
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पराजित भएका छन्। वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मत अन्तरले पराजित गरेका हुन्। पण्डितले ३३ हजार ९ सय ४१ ल्याए भने कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका छन्।
६. रामहरि खतिवडा,
नेपाली कांग्रेस ओखलढुंगामा कांग्रेस नेता रामहरि खतिवडा पराजित भएका छन्। प्रतिनिधिसभा सदस्यमा संयुक्त वाम गठबन्धनका संयुक्त उम्मेदवार तथा एमाले नेता यज्ञराज सुनुवारले कांग्रेस नेता खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पार्दै विजयी भएका भए। सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका खतिवडाले २७ हजार ३ सय २७ मत प्राप्त गरे।
७. मोहनबहादुर बस्नेत,
नेपाली कांग्रेस सिन्धुपाल्चोक १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पराजित भएका छन्। सूचना तथा सञ्चारमन्त्री समेत रहेका बस्नेतलाई वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले १० हजार ६ सय ६ मतान्तरले पराजित गरेका हुन्। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका बस्नेतले २९ हजार ७ सय ९८ मत मात्र ल्याए।
८. बलबहादुर केसी,
नेपाली कांग्रेस सोलुखुम्बुमा कांग्रेस नेता बलबहादुर केसी पराजित भएका छन्। सोलुखुम्बु प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई ३ हजार १६७ बढी मतान्तरले पछि पार्दै पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका हुन्। हेमकुमार राईले २० हजार ९१२ मत प्राप्त गरे भने कांग्रेसका केसीले १७ हजार ७४५ मत ल्याए।
९. महेश आचार्य,
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य पराजित भएका छन्। माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले ६ हजार ७ सय २९ मतातन्तरले नेता आचार्यलाई पराजित गरेका हुन्। मोदीले ३३ हजार ५ सय २९ मत ल्याए भने कांग्रेसका आचार्यले २६ हजार ८ सय मत ल्याए।
१०. अम्बिका बस्नेत,
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ मा कांग्रेस नेतृ अम्बिका बस्नेत पराजित भएकी छिन। गरिबी निबारण तथा सहकारी विकास मन्त्री समेत रहेकी बस्नेत नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईसँग पराजित भएकी हुन्। एमाले काठमाडौंका अध्यक्ष समेत रहेका राईले १९१६९ ल्याएर विजयी हुँदा अम्बिका बस्नेतले १४८८४ मत प्राप्त गरिन्।
११. नवीन्द्रराज जोशी,
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ मा नेपाली कांग्रेसका नवीन्द्रराज जोशी पराजित भएका छन्। वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता जीवनराम श्रेष्ठसँग जोशी पराजित भएका हुन्। जीवनराम श्रेष्ठले १३३९७ मत ल्याएर विजयी हुँदा कांग्रेसका नवीन्द्रराज जोशीले १२९५३ मत प्राप्त गरे।
१२. नारायणकाजि श्रेष्ठ,
गोरखा क्षेत्रनम्बर २ बाट नारायणकाजि श्रेष्ठ पराजित भएका छन्। नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
१३ कृष्ण सिटौला: कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित भएका छन् उनलाई राप्रपाका राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य परजित गरेका हुन। बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याएका थिए भने कांग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याएका छन् ।
१४ बाम देब गौतम : बर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् । ७५३ मतको अन्तरले उनी पराजित भएका हुन् । सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए ।
१५ : राम चन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसान कुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।पौडेलले २७६७५ मत पाएका छन् भने विजयी बाम उम्मेदवार श्रेष्ठले ३४४८९ मत पाएका थिए। वर्दिया क्षेत्र नं. १ बाट गौतम ७५३ मतको अन्तरले उनी पराजित भएका हुन् ।
१६ कमल थापा
मकवानपुर क्षेत्र नम्बर १ मा कमल थापा पराजित भएका छन् । उनलाई एमाले उम्मेदवार कृष्ण दाहालले पराजित गरेका हुन् ।
दाहालले ४० हजार ६ सय ३० मत पाएका छन् भने थापाले ३४ हजार ५ सय ५८ मत पाएका छन् ।
१७ डा. राम शरण महत
नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता डा. राम शरण महत पराजित भएका छन । उनलाई माओवादी केन्द्रका हितबहादुर तामाङले पराजित गरेका हुन। तामाङले ३६ हजार ४७३ मत प्राप्त गरि विजयी भएका हुन भने
डा. रामशरण महतले २७ हजार हजार ९२०मत प्राप्त गरे ।
१८ आरजु देउवा राणा
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् ।
त्यहाँ एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी थिइन ।
१९ अर्जुननरसिंह केसी
नुवाकोटको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अर्जुननर सिंह के सी पराजित भएका छन् उनलाई नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले पराजित गरेका हुन् । खतिवडाले नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीको भन्दा १० हजार ५ सय ५७ मत बढी ल्याएर विजयी भएका हुन् । नेकपा (एमाले)का उम्मेदवार खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याएका थिए भने केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका थिए ।
२० शेखर कोइराला
मोरंङ ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला पराजित भएका छन । उनलाई एमालेका लाल बाबु पण्डित ले पराजित गरेका हुन ।लाल बाबु पण्डितले कोइरालालाइ ६७५ मत ले पराजित गरेका थिए। लाल बाबु पण्डित ले ३३९४१ मत प्राप्त गरेका थिए भने शेखर कोइरालाले ३३२६६ मत प्राप्त गरेका थिए ।