संचार माध्यम र सामाजिक संजालमा आएका समाचार प्रति गगन थापाको आपत्ति
कपन अनलाइन
काठमाडौ,मंगसिर २५ ।
नेपाली कांग्रेसका युवा नेता प्रदेश तथा केन्द्रकाे चुनावमा नेपाली काँग्रेस अप्रत्याशित हार भएपछि देशभरका बिभिन्न अनलाइन पत्रिकाले तथा व्यक्तिका सामाजिक संजालबाट श्रृङ्खलाबद्ध रूपमा अाएकाे प्रति भ्रमित नहुन सबैलाइ अाग्रह गरेका छन् । थापाले अाफूले बाेलेकाे कुरा तथा भनाइ अाफ्नाे अाधाकारिक फेशबुक पेज तथा ट्विटर ह्यान्डलबाट शेयर गर्ने र त्यसलाइ मात्र अाधिकारिक मान्न सबैलाइ अपील गरेका छन् ।
उनले अाफ्नाे फेशबुक पेजमा लेखेका छन्, “निर्वाचनको क्रममा मेरा विरुद्ध प्रयोग भएर असफल भएको कपोलकल्पित समाचारको सुनियोजित श्रृङ्खला अझै जारी छ। निर्वाचन पछि पनि ‘कांग्रेस हराउने तीन नेता,राजतन्त्र छाडेर कांग्रेस हार्यो’ जस्ता मैले बोल्न त के सोच्न सम्म नसक्ने बिषयमा बोल्यो भनेर भ्रम छरिरहेकाहरूप्रति मेरो खेद छ। संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो संघर्षको उपलब्धि हो, जसको जगमा समुन्नत नेपालको निर्माण गर्नु छ । तसर्थ, म विरुद्ध हुने यस किसिमका दुस्प्रचारबाट भ्रमित नहुन आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा अपील गर्न चाहन्छु । भविष्यमा म आफूले बोलेका लेखेका वा अन्त कतै कोट गरिएका भनाइका लिङ्क मेरै आधिकारिक फेसबुक (http://Facebook.com/thapagk ) र ट्वीटर ह्याण्डल @thapagk बाट शेयर गर्नेछु । त्यसलाई मात्र मेरो आधिकारिक विचार मान्दिनु होला।”