डा.राजन भट्टराईको रफ्तार

डा.राजन भट्टराईको रफ्तार

कपन अनलाइन 

काठमाडौ,मंगसिर १३ /विचार/पुन्यराज पुडासैनी 

भारतको जवाहर लाल नेहरु विश्व विद्यालय बाट विद्याबारिधी गरेर नेपाल फर्किदा डा. राजन भट्टराईले सायदै यस पटकको ऐतिहासिक निर्वाचनमा नेपालको चर्चित क्षेत्रमा उम्मेदवार बन्छु भन्ने सोचेका थिए होलान । अझ नेपाली कांग्रेसका चर्चित युवा नेता संग प्रतिस्पर्धा हुने उनले अनुमान गरेका थिएनन  होला । तर राजनीतिको स्वभाविक घटनाक्रमको नियमित पात्रका रुपमा उनि अहिले काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा क्षेत्रको उम्मेदवार बनेका छन ।

२०७० शालको संविधान सभाको निर्वाचन पश्चात नेपाल सरकारले मनोनयन गर्ने २६ जनाको कोटामा संसद प्रवेस गरेका भट्टराईले आफ्नो सांसद विकास कोषको रकम यस क्षेत्रमा खर्च गरेका थिए ।त्यस भन्दा अगाडी माधव नेपालको प्रधानमंत्रित्व कालमा बिदेस मामिला सल्लाहकार बनेका उनि नियमित भूगोलको राजनीति भन्दा फरक जिम्मेवारी बहन गर्दै आएका थिए ।अहिले उनि पहिला अन्य उम्मेदवारको निर्वाचन अभियानको नेतृत्व गरे भन्दा फरक आफै निर्वाचन अभियानमा होमिएका छन ।प्रतिनिधि सभा क्षेत्रको उम्मेदवारमा सर्वसम्मतिले सिफारिस भएका भट्टराई अहिले प्रत्यक्ष जनमतको बलमा संसद प्रवेस गर्ने अवसरको निकटमा छन ।यसलाई उनले कसरी उपयोग र प्रयोग गर्छन त्यसले उनको आगामी राजनीतिक यात्रामा निकै ठुलो अर्थ राख्ने नै छ ।

डा. भट्टराईका अगाडी अनुकुलता र प्रतिकुलता दुवै रहेका छन जसलाई उनले सामना गर्ने सुझबुझ र तरिकाले उनको निर्वाचन अभियानको दिशा तय गर्ने छ ।

डा. भट्टराईको अगाडी रहेको मुख्य प्रतिकुलता भनेको उनका प्रतिद्वन्दी रहेका छन जसले गर्दा उनको निर्वाचन अभियानको रफ्तारमावेला वेलामा  अवरोध सिर्जना गरिरहेको छ ।यो हुदैनथ्यो भने उनि पुर्व पश्चिम राजमार्गमा कुदने रात्री वासको रफ्तारमा निर्वाचन हाकी रहेका हुन्थे तर विच विचमा राजमार्गका घुम्ती झै आफ्ना प्रतिस्प्रधीको व्यक्तित्व र प्रभाव उनका सामु आएको देखिन्छ ।

आफ्नो निर्वाचन क्षेत्रमा करिव ८३ प्रतिसत स्थानीय जनप्रतिनिधि रहेको अवस्थामा पनि उनले ति प्रतिनिधि र स्थानीय तहमा प्राप्त गरेको जनमतलाई यस पटक सोचे जति प्रयोग गर्न सकिरहेका छैनन ।उनले आफ्ना चुनावी सम्बोधनमा स्थानीय तहमा रहेका आफ्ना प्रतिनिधिलाई आफ्नो प्रतिबिम्ब हुन् भनेर प्रयाप्त मात्रामा  बताउन सकेका छैनन जसले उनको चुनावी रफ्तारमा उच्च गियरको काम गरेको अनुभूति गर्ने अवस्था देखिएको छैन ।

अर्को तर्फ बाम गठवन्धन र यसका विविन्न पक्षहरुलाई प्रयोग गर्ने सवालमा स्थानीय नेतृत्वलाई प्रशिक्षण र चुनावी खुराक दिने कुरामा पनि कहि कतै ग्याप रहेको देखिदै आएको छ ।यसमा नेतृत्व व्यवस्थापन ,कार्य विभाजन र परिचालन जस्ता कुराहरुले भूमिका खेलेको देखिन्छ ।यी प्रतिकुलताका कारणले गर्दा डा. भट्टराईलाई अहिले १ हजार सिसिको गाडीमा बसेर ३ सय सिसिको जस्तो रफ्तारमा गुड्न बाध्य बनेका छन ।यदपि उनि निर्वाचन अभियानको सुरुवाती चरण भन्दा आफ्नो रफ्तार बढाउन भने सफल भएका छन ।

डा. भट्टराईका अगाडी प्रतिकुलता मात्र हैन अहिले केहि अनुकुलता पनि रहेका छन जसमा काठमाडौं क्षेत्र नं ४ मा विभाजित भएको बौद्धिक जमात, उनको गृह जिल्ला सिन्धुपाल्चोक बाट यस क्षेत्रमा आइ बसोवास गर्ने  समुदायको सदभाव ,संचार माध्यमले दिएको महत्व र प्रदेस क्षेत्रमा उनले चयन गरेका उम्मेदवार आदि रहेका छन ।यसका साथै २०७० शालको निर्वाचनमा उछिटिएको युवा मत जोगाउन उनले गरेको पहल र त्यसमा उनका पार्टीका कार्यकर्ताले खेलेको सचेतना पूर्ण भूमिकाले  पनि उनको लागि अनुकुल परिस्थिति बनाउदै लगेको देखिन्छ ।

तर पनि निर्वाचन परिणामको एकिन अनुमान लगाउन काठमाडौं क्षेत्र नं ४ का कुनै पनि उम्मेदवारले सक्ने अवस्था भने रहेको देखिदैन ।त्यस कारणले अवको करिव १९२ घण्टा उनले आफ्नो निर्वाचन अभियानको मोटरमा रहेका रफ्तार अवरोधकहरु कसरि हटाएर कुदाउछ्न त्यसैले उनको आगामी राजनीतिक भविष्यको फैसला गर्ने छ ।

तपाइँको प्रतिक्रिया ।