गगन थापाको गति

गगन थापाको गति

कपन अनलाइन 

काठमाडौ,मंगसिर १३ /विचार /पुन्यराज पुडासैनी

नेपाली कांग्रेसको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवार बनेका गगन थापा अहिले आफ्नो क्षेत्रको घर दैलोमा रहेका छन ।२०७० शालको निर्वाचनमा २२ हजार ३ सय ३६ मत ल्याएर आफ्ना प्रतिद्वन्दी लाई निकै फराकिलो अन्तरले हराएर थापाले देश ब्यापी चर्चा बटुलेका थिए । आफ्नो पार्टीको मत भन्दा ब्यतिगत प्रभाव र प्रचारको  आडमा बढी मत बटुलेका थापाले धेरैको अनुमान त्यस समयमा खारेज गर्दै भारी अन्तरले जितेका थिए । उनले सो समयमा आफ्नो व्यक्तित्वको बलमा अन्य पार्टीका कार्यकर्ता को समेत मत तान्न सफल भएको चर्चा काठमाडौं क्षेत्र नं ४ मा चलेको थियो ।कतिपय राजनीतिक दलले आफ्ना घरका युवाहरुको मत समेत थापाले लगेको निस्कर्ष निकालेका थिए ।

त्यहि चमत्कारिक मतको रापमा थापा संसद प्रवेस गरे र उनले त्यहा कृषि तथा जल श्रोत समितिको सभापति बने भने पछिल्लो समयमा मन्त्रि समेत भए ।उनले मन्त्रि बन्दा केहि दुरगामी महत्व राख्ने काम गरेर संचार माध्यम र जान स्तरमा चर्चा पनि बटुले र जनार्दन शर्मा ,नविन्द्र राज जोशी संगै राम्रो काम गर्ने मन्त्रीको सुचिमा आफ्नो नाम लेखाउन सफल भए ।त्यस समय थापाको राजनीतिक दौडको गति निकै बढयो ।उनले आफुले संसदमा खेलेको भूमिकाको सार्वजनिक रुपमै छलफल चलाउनका लागि जनता संग आग्रह गरे र त्यसका लागि उनले अन्य पार्टीका नेताहरुलाई चुनौती समेत दिए ।

उनको गति राजनीतिको राजमार्गमा बढ्दो क्रममा गैरहेको थियो तर हठात रुपमा उनको गतिमा स्पिड ब्रेकरको रुपमा बैशाख ३१ गते आयो जसले उनको गतिमा निकै ठुलो अवरोधकको काम गर्यो ।यसै अवरोधको कारणले गर्दा पहिलाको निर्वाचनमा आफ्नो व्यक्तित्वको बलमा निर्वाचन लडेका थापा यस पटक भने अन्य आधार र कारणहरु खोज्न बाध्य बनेका छन ।उनको मुहारको आभा र चमक समेत पहिलाको जस्तो देखिदैन किनकी उनले आफ्ना योजनाका दुत बनाउन चाहेका जनप्रतिनिधिहरु उनि संग उनले सोचे जति छैनन ।यस क्षेत्रका १२ वडा मध्ये १० वडामा नेकपा एमालेका उम्मेदवार विजयी बने जसले थापाको क्षेत्र विकासको गतिमा रोकावट पैदा गर्यो ।यो नतिजा कुनै पनि कोण बाट उनको अपेक्षा अनुसारको थिएन ।

थापाको गतिमा अवरोध पैदा गर्ने दोश्रो कारण बन्यो बाम गठबन्धन जसले गर्दा यहाँ उनले पहिलाको जस्तो अन्तर कायम राख्ने सम्भावनाको अन्त्य गरिदियो । २०७० शालको निर्वाचनमा नेकपा एमालेले ९ हजार १ सय ३५  र नेकपा माओवादी केन्द्रले ६ हजार ४ सय ६२ मत प्राप्त गरेका थिए जुन जोड्दा १५ हजार ५ सय ९७ हुन्छ ।अहिले बाम गठबन्धन पश्चात एमालेले अझै मत बढाउने हुनाले पनि थापालाई चुनौती बढ्ने देखिन्छ ।

थापाको गतिमा अवरोधको रुपमा रहेको तेश्रो कारण भनेको उनको विरुद्ध डा. राजन भट्टराईको उम्मेदवारी रहेको छ किनकी २०७० शालको निर्वाचनमा निर्मल कुइकेलको उम्मेदवारी रहदा उनको व्यक्तित्व हावी देखिएको थियो ।तर यस पटक भने डा.राजन भट्टराई र थापाको व्यक्तित्व टकराव समानान्तर देखिएको छ ।जसले गर्दा अगिल्लो निर्वाचनमा उनि प्रति सहानुभूति राख्ने बौद्धिक जमात अहिले विभाजित हुन् पुगेको छ ।पहिलाको निर्वाचनमा सबै तिर गगन चाहिने मान्छे हुन् भन्ने सुनिन्थ्यो भने यस पटक गगन राजन दुवै देशको लागि आवस्यक मान्छे हुन् भन्ने चर्चा क्षेत्र भरि चलेको छ जसले थापा निर्विकल्प बन्ने बाटोमा तगारो हालेको अनुमान सजिलै गर्न सकिन्छ ।समान व्यक्तित्व र विभिन्न अभियानका सहयात्री रहेकोले पनि थापाले एकाध प्रसंग बाहेक भट्टराईलाई कुनै पनि राजनीतिक प्रसंगमा प्रहार गरेका छैन वा भनौ गर्न चाहेका छैनन ।

यी माथिका कारण हरुले गर्दा गगन थापाको चुनावी गतिमा असर पारेको त् छ नै त्यस संगै निर्वाचनको प्राकृतिक नियम जहाँ हार जित जे पनि हुन् सक्छ त्यसले पनि उनलाई सताएको जस्तो देखिन्छ ।पछिल्लो समय नेपाली कांग्रेसको पर्याय र पहरेदारको पहिचान बनाएका थापाले यदि निर्वाचनमा पराजय बेहोरे भने उनको राजनीतिक उचाइमा त्यसले निकै ठुलो धक्का लगाउने तर्फ उनको चिन्ता रहेको देखिन्छ ।त्यसै कारणले पनि उनले देशका विभिन्न जिल्ला बाट सम्बोधनका लागि आएका निमंत्रना थाती राखेर आफ्नो क्षेत्रमा दिन रात नभनी खटिइरहेका छन ।आफ्नो क्षेत्र नेपालका अन्य क्षेत्र भन्दा अगाडी रहेको दावी पेस गरेका थापाले त्यहि विकासको कारण धेरै प्रश्न को सामना गर्नु परिरहेको छ ।यहाका सडकहरुको अवस्थाका वारेमा उनले स्पस्टिकरण दिनु परिरहेको छ ।उनले एकै पटक सम्पूर्ण क्षेत्रका सडक निर्मण गर्न खोज्नु आफ्नो गल्ति रहेको सार्वजनिक रुपमा स्वीकार समेत गरेका छन ।योजनाहरु समयमा सम्पन्न नहुदा उनले यहाँ भएको विकासको जस खुलेर लिन पाएनन जसले उनलाई बेचैन बनाएको अनुभूति गर्न सकिन्छ ।

अवको करिव  १९२ घण्टा थापाको लागि निकै महत्वपूर्ण रहेको छ किनकी यस समयमा स्थानीय तहको निर्वाचन परिणामले गर्दा कार्यकर्ताको मनोवलमा परेको असर हटाएर उनले फेरी आफ्नो साविक गति कायम गर्न कति सफल बन्छन त्यसैले उनको आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।