मैले जित्नेमा म पूर्णरुपमा आशाबादी छु : साधुराम खड्का (उम्मेदवार ,प्रदेस क्षेत्र काठमाडौं ४ )

मैले जित्नेमा म पूर्णरुपमा आशाबादी छु : साधुराम खड्का (उम्मेदवार ,प्रदेस क्षेत्र काठमाडौं ४ )

कपन अनलाइन 

काठमाडौं,मंगसिर  ६ ।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्र १ मा  प्रदेश सभा सदस्यका  उम्मेदवार साधुराम खड्का संग मंसिर २१ गते हुन लागेको आसन्न प्रतिनिधि सभा र प्रदेस क्षेत्रको निर्वाचनमा केन्द्रित रहेर कपन अनलाइनका  विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन : तपाइको  पारिबारिक र राजनीतिक पृष्ठभूमि बताइ दिनुस  न ?

साधुराम खड्का  :  मेरो जन्म २०२६ साल भाद्र १० गते काठमाडौंको हात्तिगौंडामा साधारण किसान परिवारमा जन्मिएको हु । बुवा बिष्णु बहादुर खड्का र माता सीता खड्काको माहिलो छोरा हु । मेरो सन्तानको रुपमा एउटा छोरा रहेको छ ।

साविक महाकाल गाविस हाल वडा नं ८ मा स्थायी बसोबास गर्दै आएको छु । १७ वर्षका कलिलो उमेरमा नै पञ्चायत र निरंकुशताका विरुद्धमा मैदानमा उत्रिदै सत्याग्रहमा सहभागी हुदै मैले  काठमाडौंको लोकतान्त्रीक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको छु  । नेविसंघको सक्रिय राजनीति मार्फत विद्यार्थीहरुको नेतृत्व गर्दै मैले  २०४७ शालमा  केन्द्रीय कार्यालयको सचिव समेत रही काम गरि सकेको छु ।

मैले अर्थशास्त्रमा स्नातकोत्तर गरेको छु । ।  २०४२ सालको सत्याग्रह आन्दोलनमा लौह  पुरुष वीरगणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भट्टराई देखी हाल काँग्रेसका प्रभावशाली रहेका नेताहरु वालकृष्ण खाँड, वलदेव शर्मा मजगैया, प्रदिप गिरी, नरहरी आचार्य लगायत संग पटक पटक गरेर १५ महिना भन्दा बढी कारावास सजाय समेत भोगिसकेको छु  ।

२०४८ साल देखी नै पार्टीको विभिन्न पदमा निर्वाचित हुदै मैले हरेक अधिवेशनमा काँग्रेसको महाधीविधेशन प्रतिनिधी, महासमिति सदस्य भइ मैले पार्टीमा जिम्मेवार भूमिका निभाएको छु । मैले २०५७ मा क्षेत्रीय सभापतिको जिम्मेवारी बहन गरि सकेको छु।

कपन अनलाइन : अहिले तपाइको समय कसरी बिती रहेको छ समय कसरी ब्यबस्थापन गरिरहनु भएको छ ?

साधुराम खड्का :अहिले घरदैलो कार्यक्रम र नियमित भेटघाटमा समय बितिरहेको छ । हामीले समय ब्यबस्थापन गर्न एउटा तालिका बनाएका छौ त्यै तालिका अनुसार नियमित भेटघाट र घरदैलो भइरहेको छ ।

कपन अनलाइन : तपाइले नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४  प्रदेश सभाको उम्मेद्वारी दिई रहदा तपाइको एजेन्डाहरु के के रहेका छन् ?

साधुराम खड्का :  मुख्य गरि हाम्रो एजेन्डा भनेको नै बिकासका एजेन्डाहरु रहेका छन। देश प्रादेशिक संरचनामा गइसकेपछी अधिकांश काम प्रदेश सभाले नै गर्नु पर्ने हुन्छ त्यहा भित्र पनि आफ्नो ठाउको बिकासका लागि गर्नु पर्ने कामहरु नै हुने गर्छ।

सहज ढंगले कसरी कामहरु गर्न सक्ने बाताबरण बनेर स्थानीय निकाय संग समन्वय गरी अघि बढ्ने हो। हाम्रो क्षेत्र भनेको प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको ठाउ हो यहाँ धार्मिक ,सास्कृतिक र पर्यटकीय  दृष्टिकोणले धेरै महत्वपूर्ण ठाउहरु रहेका छन। यिनै क्षेत्रहरुको बिकासको लागि काम गर्ने हो साथै यहाको बाटो, ढल, खानेपानी आदिको समस्या समाधान गर्ने पनि मेरो एजेण्डा रहेका छन ।

कपन अनलाइन : तपाइको खास कुनै लक्षित मतदाता रहेका छन कि ?

साधुराम खड्का: मेरो लक्षित मतदाता भनेको एउटा बिशेष कुनै मतदाता छैनन। मेरो कुनै जाति बिशेष ,धर्म  बिशेष,  समूह बिशेष या एउटा वर्ग बिशेष संग मात्र सम्बन्ध  छैन।

मेरो यस क्षेत्रका सबै मतदाताहरु समान हुन म पनि समाजमा भिजेर बसेको मानिस भएकोले समाजको हरेक दुख सुखमा साथ् दिदै सबै संग समान ब्यबहार गरेको  हुनाले यस क्षेत्रका आम मतदाताहरुले मलाई राम्रो संग चिन्नु हुन्छ ।त्यसैले सबै मतदाताहरु मेरो लागि समान रहेका छन ।

कपन अनलाइन : अहिले उम्मेदवारी  दिइ रहदा आफ्नो प्रतिष्पर्धीलाइ कसरी लिनु भएको छ ?

साधुराम खड्का : सबै प्रतिष्पर्धीहरुलाइ मैले सम्मान गर्नु पर्छ। उहाहरुसंग मित्रवत ब्यबहार पनि छ साथै मैले जित्नेमा म पूर्णरुपमा आशाबादी समेत रहेको छु । स्वच्छ प्रतिष्पर्धामा  जनता जनार्दनले दिएको मतको हामी सम्मान गर्दछौ। जनता जनार्दन भनेको जहिले पनि सचेत र चेतनशील हुनुहुन्छ त्यसैले म के मान्छु भने जनताले जे निर्णय गर्नुहुन्छ त्यो प्रगतिशील निर्णय हुनेछ ।

मैले आफ्नो सक्रिय राजनीति जीवन सामाजिक काममा नै बिताएको छु मैले बिगतमा गरेको कामहरु मतदाताले मुल्यांकन गर्नुहुन्छ भन्ने लाग्छ त्यसैले मैले  बिजय प्राप्त गर्ने कुरामा पनि आशाबादी रहेको छु।

कपन अनलाइन : अन्त्यमा आफ्ना मतदाताहरुलाई के भन्नु हुन्छ ?

साधुराम खड्का :  म राजनीतिक आन्दोलनहरुमा पनि सक्रिय रुपमा लागेको छु।  प्रजातान्त्रिक आनदोलन र सामाजिक काम गर्ने क्रममा जेल र नेल दुबैको सामना गरेको छु साथै यस क्षेत्रमा भएका हरेक बिकासको काममा अघि सरेको छु।

सबैलाई नेपाली कांग्रेसलाइ अत्यधिक मत दिएर लोकतन्त्रको भबिष्य जोगाउन आग्रह गर्दै समाजमा रहेका हरेक बिबेध अन्त्य गर्दै समाजमा रहेका असन्तुलन मिलाउनको लागि कांग्रेसलाई मत दिनु आजको आवश्यकता रहेको छ।

बिकासका कामहरु भए पनि केहि कमि कमजोरी र असन्तुलनका कारण केहि नमिले जस्तो भएको छ त्यो सब मिलाउनको लागि काग्रेसले जित्नु जरुरी रहेको छ।

आफु र सिंगो कांग्रेस पार्टी जनताको लागि काम गर्ने पार्टी भएकोले नया जारी भएको नेपालको संबिधानको कार्यान्वयन गर्नको लागी कांग्रेसले जित्नु जरुरी  रहेको हुनाले सम्पूर्ण आम मतदाताहरुलाई  नेपाली काग्रेसको रुख चिन्हमा मतदान गर्न अनुरोध गर्दछु।

तपाइँको प्रतिक्रिया ।