गोरखा जनमुक्ति मोर्चाका पूर्वअध्यक्ष विमल गुरुङ निलम्बित
कपन अनलाइन
दार्जिलिङ ,मंगसिर ५।
गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को केन्द्रीय समितिको बैठकले पूर्वअध्यक्ष विमल गुरुङसहित १३ जना नेतालाई निलम्बन गरेको छ। दार्जिलिङस्थित स्टरलिङ होटलमा सोमबार बसेको गोजमुमो केन्द्रीय समितिको बैठकले पूर्वअध्यक्ष गुरुङ, उनकी पत्नी तथा नारी मोर्चा अध्यक्ष आशा गुरुङ, रोशन गिरी, सावित्री राई, स्वराज थापा, शरण गुरुङ, प्रकाश गुरुङ, प्रियवर्धन राई, सञ्जीव लामा, सञ्जीव सुवेदी, अनमोल थापा, सोनम लामा, बारूत थापा, विद्यार्थी नेता भास्कर राईलाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
बैठकले गोजमुमोको अध्यक्ष पदमा विनय तामाङलाई सर्वसम्मत चयन गरेको छ। मोर्चाको महासचिवमा अनिता थापालाई चयन गरिएको छ। दुवै जनालाई संविधानको धारा ५ र ६ अनुसार नै अध्यक्ष र महासचिव पदमा नियुक्ति गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।