संसद भेट्न अव महिनौ पर्खनु पर्दैन भेटघाट तालिका प्रत्येक वडामा राखिनेछ : डा. राजन भट्टराई

संसद भेट्न अव महिनौ पर्खनु पर्दैन भेटघाट तालिका प्रत्येक वडामा राखिनेछ : डा. राजन भट्टराई

कपन अनलाइन

काठमाडौ,मंगसिर ५।

बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभाका उम्मेदवार डा. राजन भट्टराईले स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारले प्रस्तुत गरेका प्रतिवादत्ताहरुको आफुले स्वामित्व लिए बताएका छन । काठमाडौं क्षेत्र नं ४ को सर्वान्गिन विकासका लागि स्थानीय तह मात्र जितेर नपुग्ने भन्दै उनले यस निर्वाचन मा प्रदेस र प्रतिनिधि सभा क्षेत्र पनि जिताउनु पर्ने भन्दै जनता संग मत मागेका थिए ।

आफ्नो घर दैलोको शिलशिलामा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

भट्टराई ले आफु कसैलाई गाली आरोप प्रत्यारोप मा विस्वास नगर्ने भन्दै बुढानिलकण्ठ नगरपालिका का प्रत्येक वडामा जन प्रतिनिधि को रुपमा आफ्नो उपस्थिति रहेको बताए । उनले आफ्नो सम्बोधनको क्रममा जनताले हप्ता र महिना कुरेर आफ्नो सांसदको मुख हेर्ने चलन अन्त्य गर्ने बताएका थिए ।उनले सबै वडा कार्यालयमा आफुले जनता भेटघाट तालिका सार्वजनिक रुपमा राख्ने बताउदै आफ्नो सम्पर्क व्यक्ति सबै वडाका अध्यक्ष भएको बताएका थिए ।

भट्टराईले सानो पानी पर्दा पनि कपनमा डुवान हुने समस्या आफुले देखेको भन्दै त्यसका लागि पहल गरेको र साततले आनी गुम्बा ढल सुधार र बाटो निर्माणको काम सुरुवात हुने अन्तिम चरणमा पुगेको बताए ।

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्की र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईलाई दाया बाया राखेर भट्टराईले काठमाडौं ४ लाई सांस्कृतिक ,पर्यटकीय र शैक्षिक रुपमा नमुना बनाउने उद्घोष गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।