गगन थापा किन असन्तुस्ट भए ?

गगन थापा किन असन्तुस्ट भए ?

कपन अनलाइन

काठमाडौ,कार्तिक २९

नेपाली कांग्रेसको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभाका उम्मेदवार गगन थापा अहिले क्षेत्रका विभिन्न स्थानमा भएको विकास निर्माणको सुस्त गति देखेर निकै असन्तुस्ट बनेका छन ।निर्वाचन अभियानमा घर दैलो गर्दै गरेका थापाले सबै भन्दा बढी यस क्षेत्रको बाटोको अवस्था र यसमा भएको सुस्त कार्य प्रगतिको स्पस्टिकरण दिनु परेको छ ।

उनले यस विषयमा सबै सरोकारवाला सरकारी कार्यालय गएर काम चाडो गर्न ध्यानाकर्षण गराए पनि ठेकेदारको लापरवाही र उदासीनताका कारण निर्माणमा ढिलाई भएको भन्दै असन्तुस्टी व्यक्त गरेका हुन् ।उनले एकै पटक क्षेत्रका सबै बाटो खनिएको तर ठेकेदार र अन्य पक्षले विविध कारण देखाएर निर्माणमा गरेको ढिलाई प्रति असन्तुस्टी व्यक्त गर्दै काम चाडो सम्पन्न गर्ने उपाय खोजिरहेको बताएका छन ।

थापाले आफ्नो क्षेत्रको सडक र अन्य पूर्वाधारको निर्माण र सुधारका लागि स्थलगत भ्रमण गरेर सरकारी निकाय र ठेकेदारलाई सचेत गराउदा पनि काम चाडो नहुदा अहिलेको कार्य पदत्ति र योजना संचालन प्रणाली मै समस्या रहेको र त्यो परिवर्तन गर्नु पर्ने आवस्यकता देखेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।