डा. राजन भट्टराई किन रुस्ट बने ?

डा. राजन भट्टराई किन रुस्ट बने ?

कपन अनलाइन

काठमाडौ,कार्तिक २९

काठमाडौं क्षेत्र नं ४ मा बाम गठवन्धनको तर्फ बाट उम्मेदवार बनेका डा. राजन भट्टराई क्षेत्रको वडा नं ७ गौरीघाट पुग्दा बाटोमा देखिएको खाल्डो देखेर निकै रुस्ट बनेका छन ।उनले निकै लामो समय देखि सो स्थानमा बाटो निर्माणको कुरा भएको तर अझै कुनै पनि कार्य प्रगति नभएको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।भट्टराईले उक्त स्थान बाट नै सम्बन्धित निकायमा सम्पर्क गरेका थिए र कामको ढिला सुस्तिको वारेमा प्रश्न राखेका थिए ।

त्यस्तै उनले सोहि स्थान बाट नेकपा एमालेको  तर्फ बाट निर्वाचित भएका जनप्रतिनिधिलाई पनि बाटो , ढल सुधार र स्थानीयको समस्या समाधानमा तदारुकता देखाउन निर्देशन समेत दिएका थिए ।

अगिल्लो संविधान सभामा नेपाल सरकारको तर्फ बाट मनोनित भएका भट्टराईले आफ्नो सांसद विकास कोषको रकम काठमाडौं ४ मा खर्च गरेका थिए।सानो तिनो  रकम खर्च गरेर सपन्न हुने योजनाहरु पनि सम्पन्न गर्न महिनौ लाग्ने गरेको भन्दै ठेकेदार र सम्बन्धित निकाय संग रुस्ट बनेका उनले कुनै पनि कारण देखाएर विकासका काम नरोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको उनको सचिवालयका एक सदस्यले बताए ।

तपाइँको प्रतिक्रिया ।