नगर शिक्षा कार्यालय बुढानिलकण्ठले अभिमुखिकरण कार्यक्रम सुरु गर्यो

नगर शिक्षा कार्यालय बुढानिलकण्ठले अभिमुखिकरण कार्यक्रम सुरु गर्यो

कपन अनलाइन 

काठमाडौ,कार्तिक २९

बूढानिलकण्ठ नगरपालिका शिक्षा कार्यालयले आफ्नो भुमिका र यस बर्षको कार्यक्रमबारे अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ। ‘शिक्षा सम्बन्धी आ.व २०७४।०७५ को बजेट तथा कार्यक्रम अभिमुखिकरण गोष्ठी’ नाम दिइएको कार्यक्रम ४ दिन सञ्चालन हुनेछ। प्रत्येक दिन २५-२५ जनाको दरले वडा नं-८ कार्यालय गोल्फुटारमा जनप्रतिनिधी तथा नगर भित्र रहेका सार्वजनिक विद्यालयका प्र.अ हरुको सहभागिता रहने कार्यक्रममा नगर शिक्षा कार्यालय प्रमुख नवराज नेपालको संयोजकत्वमा भइरहेको छ।

यस अघि कार्तिक २८ गते  कार्यक्रमको औपचारिक उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी उप-प्रमुख रमा देवि राईले ”नगरको शिक्षा बारे हामिले जान्नु पर्ने आवश्यकता रहेको र यो तालिमले जनप्रतिनिधिहरुलाई शिक्षाको अवस्था बुझ्न सहयोग गरोस् र नगरको शिक्षा अवस्था कस्तो भन्ने दिशावोध हुनेछ’ भन्दै आफ्नो विश्वास व्यक्त गरेकी छन ।

तपाइँको प्रतिक्रिया ।