सरल कुसुम र सालिन साधुराम मध्ये कसले मार्ला बाजी ?

सरल कुसुम र सालिन साधुराम मध्ये कसले मार्ला बाजी ?

कपन अनलाइन 

काठमाडौ,कार्तिक २९

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा अहिले चुनावी गर्मि निकै बढेको छ । प्राकृतिक मौसम चिसो चिसो भए पनि यहाको राजनीतिक बहस र टोल टोलको चर्चा भने निकै तातेको छ । निर्वाचन आउन केहि हप्ता बाकि रहेता पनि यहाँ अहिले देखिने विविध अनुमान र आंकलनले बजार तातेको  छ ।

यस प्रदेस क्षेत्रमा बाम गठवन्धनका तर्फ बाट कुसुम कुमार कार्की उम्मेदवार रहेका छन भने नेपाली कांग्रेसका तर्फ बाट साधुराम खड्का उम्मेदवार छन । बसोवासका हिसावले केहि सय मिटर वरपर रहेका यो दुवै उम्मेदवार यस क्षेत्रको राजनीतिमा परिचित नाम हुन् ।

                                                            कुसुम कुमार कार्की

कुसुम कुमार कार्की २०४९ शाल देखि नै जनप्रतिनिधिको रुपमा यस क्षेत्रमा परिचित रहेका छन भने साधुराम खड्का पनि बौद्धिक राजनीतिक नेताको रुपमा परिचित रहेका छन ।

कार्की आफ्नो पार्टी र जनता माझ निकै सरल नेताको रुपमा चिनिन्छन । उनले गाविस नेतृत्व गर्दा होस वा आन्तरिक राजनीतिक संगठनमा काम गर्दा होस् उनको कार्य शैली निकै सरल र समयानुकुल सहज हुने गरेको उनि संग लामो समय सहकार्य गरेका एक नेता बताउछन । उहा हरेक गतिविधि र योजना सके सम्म सरल बनाउन प्रयास गर्नु हुन्छ जसले त्यसको प्रभावकारी कार्यान्वयन होस् र यसले कार्य प्रगतिमा निकै अर्थ राख्ने गरेको छ ति नेताले भने ।

साधुराम खड्का

खड्का नेपाली कांग्रेस भित्र र बाहिर आम जनतामा निकै सालिन नेताको रुपमा चिनिन्छन । राजनीतिक यात्रामा अहिओले सम्म कुनै लाभको पद र जिम्मेवारीमा नपुगेका उनि निरन्तर राजनीतिमा लाग्ने तर केहि नखोज्ने नेता रहेको उनि निकट रहेका एक नेताले बताए । उनको सालिनता र संगठनमा खट्ने शैलीले गर्दा उनि पार्टी भित्र लोकप्रिय रहेको ति नेताको भनाइ छ।

अहिले चुनावी मैदानमा आउदा पनि यी दुवै नेताले कुनै आक्रामक अभिव्यक्ति दिएका छैनन् भने प्राय एक अर्काको टिका टिप्पणी पनि कतै गरेका छैनन् । काठमाडौं क्षेत्र नं ४ प्रदेस २ काठ क्षेत्र ,बाहिरी जिल्ला बाट आएका बासिन्दाको बसोवास क्षेत्र र नेपालको नीति निर्माण तहमा प्रभाव राख्ने व्यक्तित्व हरुको बसोवास क्षेत्र मिलेर बनेको छ । अव यस क्षेत्रका विविधतालाई जुन नेताले सम्बोधन गर्छ उसैको जीत हुने देखिन्छ ।

एक अर्का संग मित्रवत प्रतिस्पर्धा गरिरहेका यी दुई नेता मध्ये कसले वर्तमान प्रधानमन्त्रीको निवास क्षेत्रमा आफ्नो झन्डा फहराउछ त्यो भने मंग्सिर तेश्रो साता तय हुनेछ ।

तपाइँको प्रतिक्रिया ।