गगन थापा र डा. राजन भट्टराई आज दिनभर कपनमा

गगन थापा र डा. राजन भट्टराई आज दिनभर कपनमा

कपन अनलाइन 

काठमाडौं,कार्तिक २९।

आज कार्तिक २९ गते बुधवार काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र बाम गठवन्धनका तर्फ बाट उम्मेदवार डा. राजन भट्टराई साविक कपनमा घर दैलो गरिरहेका छन ।

थापा आज  बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा घर दैलो गरिरहेका छन भने भट्टराई बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेका छन ।दुवै उम्मेदवार आफ्ना प्रदेस क्षेत्रका सहयात्री र समानुपातिक तर्फ परेका नेताहरु संगै लिएर जनता संग मत मागिरहेका छन ।

अहिले काठमाडौं क्षेत्र नं ४ का उम्मेदवारहरुको प्राथमिकतामा साविक कपनका ३ वटा वडा परेका छन ।यस क्षेत्रको निर्णायक मत रहेको साविक कपनको मत र प्रभावले चुनावी परिणाममा असर पर्ने हुनाले पनि यी दुवै नेताले यहाँ विशेष ध्यान दिएको महसुस गर्न सकिन्छ ।

प्रभावशाली मत ,सक्रिय नेताहरु र संम्भावना युक्त भूगोल भएको यस क्षेत्रमा अहिले निरासा छ जसको कारण निर्वाचनमा यस क्षेत्रको प्रतिनिधित्व नहुनु रहेको छ ।अव यो निरासा हटाएर जुन नेताले यहाको मत आफ्नो पक्षमा पर्न सक्छ उसकै जीत हुने एक स्थानीयले बताए।

तपाइँको प्रतिक्रिया ।