राहत शिक्षकले ७५ ओटै जिल्ला शिक्षा कार्यालयमा स्मरणपत्र बुझाए
कपन अनलाइन
काठमाडौ,कार्तिक १४।
सामुदायिक विध्यालयमा कार्यरत राहत अनुदान शिक्षकहरुको पेसागत सङ्गठन नेपाल राहत शिक्षक समितिले आज देसभर ७५ ओटै जिल्ला शिक्षा कार्यालय मार्फत शिक्षा मन्त्रीलाई स्मरण पत्र बुझाएको छ ।
राहत शिक्षकहरुले उठाउदै आएको समानता र स्थायित्वको आन्दोलन स्वरुप पटक पटक शिक्षा मन्त्रालयमा ग्यापन पत्र, ध्यानाकर्षण पत्र बुझाईए पनि राज्याबाट वास्ता भएको नदेखिएकोले आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको केन्दृय संयोजक खेमराज अधिकारी बताए । यसबाट पनि सुनुवाई भएन चरणबद्द आन्दोलनको कार्यक्रम घोषणा गरिने पनि बताउए ।
दसक लामो सङ्हर्ष बाट राज्यबाट पाउनु पर्ने तलब बृद्दी, २३ प्रतिशत खारेजी, बिदा प्रमाणिकरण आदिको सुबिधा पाए पनि स्थायित्व र समानताको मुद्दा राज्यले टुङ्गाउन सकेको छैन । लामो समय देखी पोशाक भत्ता वापतको रकमको लागी पनि आवाज उठाउदै आएका राहत शिक्षकले अब भने दोस्रो चौमासिक निकासा देखी उक्त रकम पनि निकासा हुने भएको छ ।