यस पटक मेरो चुनावी मुद्दा सशक्त आर्थिक विकासका लागि हुनेछ : गगन थापा

यस पटक मेरो चुनावी मुद्दा सशक्त आर्थिक विकासका लागि हुनेछ : गगन थापा

कपन अनलाइन 

काठमाडौ,कार्तिक २ ।

नेपाली कांग्रेसले  काठमाडौं क्षेत्र नं ४ को प्रतिनिधि सभा क्षेत्रमा गगन थापालाई उम्मेदवारको रुपमा अगाडी सारेको छ ।

२०६४ शालको सविधान सभाको निर्वाचन  पश्चात् समानुपातिक सांसद बनेका थापा २०७० शालको निर्वाचनमा भारी मत सहित क्षेत्र नं ४ मा विजयी बनेका थिए । स्वास्थ्य मन्त्री बन्दा नीतिगत सुधार र अन्य क्षेत्रमा राम्रो काम गरेर चर्चा कमाएका उनि यस क्षेत्रमा सांसदको रुपमा तेश्रो कार्यकालको लागि निर्वाचन लड्दै छन ।

आसन्न निर्वाचनको सन्दर्भमा गगन थापा संग कपन अनलाइनका प्रधान सम्पादक पुन्यराज पुडासैनीले  गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

कपन अनलाइन : के कारणले मुख्य मन्त्रीको चर्चा रहदै प्रतिनिधि सभाको उम्मेदवार बन्नु भयो?

गगन थापा : यो विषय टुंगेको छैन तर स्वाभाविक रुपमा म प्रतिनिधि सभाको उम्मेदवार हो । तर पनि मैले यो ३ नं प्रदेशमा हाम्रो पार्टीको अवस्था निकै बेहाल रहेको महसुस गरेर मुख्य मन्त्री को माग गरेको छु । अहिले यहाँ संरचना छैन अन्य कुरा छैन तर अहिले मैले कुनै औपचारिक निर्णय पाएको छैन । यसमा पार्टी सभापति सकारात्मक हुनु हुन्थ्यो तर पार्टी भित्रको आन्तरिक छलफल त्यो दिशा तिर गएको देखिदैन ।

कपन अनलाइन : त्यसो भए प्रदेस सभाको सम्भावना नभएर तपाइको ध्यान प्रतिनिधि सभा क्षेत्र तर्फ हो ?

गगन थापा : यसमा २ वटा कुरा छन त्यहि कारणले म प्रतिनिधि सभा क्षेत्रमा सक्रिय भएको हो । पहिलो म यस क्षेत्रको निर्वाचित सांसद रहेको हुदा मैले  गरेका काम कारवाहीहरुको जानकारी जनतालाई दिनु मेरो कर्तव्य हो । अर्को कुरा यो पनि प्रदेस अन्तर्गत नै पर्ने क्षेत्र हो र यहाँ विजयी गराउनु पनि मेरो दायित्व हो ।अहिले पार्टीले मलाई मुख्यमन्त्री घोषणा गर्ने सम्भावना कम देखिए पछी प्रतिनिधि सभा क्षेत्रमा गतिविधि अगाडी बढाएको हो ।

कपन अनलाइन : काठमाडौं क्षेत्र नं ४ मा अहिले दुई युवा विच प्रतिस्पर्धा हुने देखिन्छ यसलाई कसरी लिनु भएको छ ?

गगन थापा : यस पटक मात्र हैन अगिल्लो पटक पनि पासांग जी र निर्मल जी संगको प्रतिस्पर्धा निकै रोचक थियो । निर्मल जी कुशल संगठक हुनुहुन्थ्यो भने पासांग जी हामि भन्दा माथिल्लो स्तरको नेता हुनु हुन्थ्यो । अहिले पनि मैले यसलाई सहज रुपमा लिएको छु । हामी दुवै जना यसै क्षेत्रका सांसद हौ र हामीले धेरै काम मिलेर गरेका छौ । हाम्रो सबै किसिमले सांसदको रुपमा बरावर हैसियत थियो । हामी दुवै परिचित मान्छे हौ जसले गर्दा अलि अलि अफ्ट्यारो लागेपनि यस लाई स्वाभाविक रुपमा लिनु पर्दछ ।

कपन अनलाइन : अव तेश्रो कार्यकालको लागि तपाइको एजेन्डा के के छन ?

गगन थापा : मैले अगिल्लो संविधान सभामा सविधान निर्माण गर्ने अविभारा पुरा गर्न मत मागेको थिए । त्यो वेला बहुत ठुलो आसंका थियो सविधान नबन्ने तर त्यसमा हामी सफल बन्यौ ।अवको दायित्व भनेको यो संविधान लाई जोगाउने रहेको छ जुन निकै जटिल र महत्वपूर्ण काम पनि हो ।नेपालको इतिहासमा अवको ५ वर्ष निकै महत्वपूर्ण र विशेष छ ।अव सविधान कार्यन्वयनका लागि कानुन निर्माण र संरचना निर्माण गर्ने ठुलो काम बाकी नै छ ।

अव राजनीतिक पक्षमा सविधान कार्यान्वयन र राजनीतिक संस्कार निर्माण गर्ने मेरो मुख्य एजेन्डा र काम हुनेछ । अवको ५ वर्ष देशलाई आर्थिक रुपमा बलियो बनाउने तर्फ लाग्नु पर्दछ। त्यसैले अव संसार भरिको लगानी भित्र ल्याउन सांसदको रुपमा काम गर्ने छु । हामीले विशेष रुपमा उत्पादन र निर्माण तर्फ लगानी आकर्षित गर्नु पर्दछ र मेरो ध्यान त्यसै तर्फ हुने छ । म अव सुक्ष्म रुपमा त्यस कार्यमा लाग्न चाहन्छु ।

कपन अनलाइन : अन्तमा काठमाडौं क्षेत्र नं ४ का जनतालाई के भन्न सन्देस छ ?

गगन थापा : म मेरो क्षेत्र र सम्पूर्ण काठमाडौका जनतालाई एउटा सन्देस दिन चाहन्छु । एउटा सांसदलाई खाली विकास निर्माणको काम कति भयो भनेर मात्र हेर्नु हुदैन । विकास निर्माण र जन चासोको सम्बोधन गर्नु पर्ने मुख्य दायित्व भएता पनि सांसद भनेको कानुन निर्माता पनि हो र त्यो क्षेत्रमा आफ्नो प्रतिनिधिको कस्तो भूमिका रह्यो भन्ने पनि जनताले अध्ययन गर्नु पर्दछ ।

यो विषयलाई राजधानीवासीले चासो नदिदा सांसदलाई आफ्नो कर्तव्य बाट उन्मुक्ति दिएको झैँ हुने रहेछ त्यसैले यस विषयलाई र मेरो सविधान निर्माण गर्ने  बखतको भूमिकालाई छलफलको विषय बनाइदिनु हुन् म आग्रह गर्न चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।