काठमाडौ क्षेत्र नं ४ को विकास हाम्रो चुनावी मुद्दा हुनेछ : डा. राजन भट्टराई

काठमाडौ क्षेत्र नं ४ को विकास हाम्रो चुनावी मुद्दा हुनेछ : डा. राजन भट्टराई

कपन अनलाइन 

काठमाडौ,कार्तिक २।

नेकपा एमालेका केन्द्रिय सदस्य एवम काठमाडौं क्षेत्र नं ४ का लागि प्रतिनिधि सभा क्षेत्रका सर्वसम्मत उम्मेदवार डा. राजन भट्टराईले आगामी निर्वाचनमा विकास निर्माण र जन चासोका मुद्दा लिएर जनता माझ जाने बताएका छन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा आयोजित एक कार्यक्रममा उनले यो कुरा बताएका हुन् । अघिल्लो कार्यकाल आफु समानुपातिक सांसद रहेर यस क्षेत्रमा काम गरेको र अव प्रत्यक्ष रुपमा निर्वाचित बनेर जनताको सेवा गर्ने उनले बताएका थिए ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नं ८ मा भएको भेटघाट कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा निर्वाचित बनेका जन प्रतिनिधिहरु पार्टीको दुत भएको र उनीहरुले जनता संग एकाकार बनेर विकासका एजेन्डा स्थापित गर्नुपर्ने उनले बताएका थिए।

काठमाडौ क्षेत्र नं ४ को भौतिक ,सामाजिक ,सांस्कृतिक र शैक्षिक विकासलाई मुख्य चुनावी मुद्दा बनाएर अगाडी बढ्न उनले पार्टीका कार्यकर्तालाई निर्देशन दिएको एक नेताले बताए ।

तपाइँको प्रतिक्रिया ।