शुभचिन्तकको चिठीलाई सुबुनाको जवाफ

शुभचिन्तकको चिठीलाई सुबुनाको जवाफ

कपन अनलाइन

काठमाडौं ,कार्तिक २ ।

विवेकशील साझा पार्टीको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा क्षेत्रका लागि उम्मेदवार सुबुना बस्नेतले आफ्ना एक शुभचिन्तकले कविता मार्फत पठाएको  चिठीको जवाफ दिएकी छन।

कविता मार्फत उनलाई प्राप्त भएको चिठी :

यस कविता मार्फत आएको चिठीको जवाफ सुबुना बस्नेतले यसरी दिएकी छन ।

सुबुनाको जवाफ :

नमस्कार दाजु।
मैले तपाईले लेख्नु भएको कवितालाई पटक-पटक सुने-पढे र तपाईका हरेक शब्द-शब्द सँग डुबेर रोए | त्यो कविताबाट मैले यो कठोर बाटोमा हिड्ने शाहस गरिरहँदा म एक्लो छैन भन्ने अनुभूति पाए। यो देशमा सत्य, निष्ठा र दरिलो मूल्य मान्यताको जगमा उभिनसक्ने सुसंस्कृत राजनीतिबाट हामीलाई प्राप्त हुन सक्ने बिकास र समृद्धि पनि एक्लो छैन भन्ने अनुभूति पाए |

मलाई के गहिरो अनुभूति भइरहेको छ कि तपाईले आज मेरो र विवेकशील साझा पार्टीको नेतृत्व प्रति विश्वास गर्नुभएको छ, परिवर्तन प्रति विश्वास गर्नुभएको छ, भोक, रोग, शोक, भ्रष्टाचार,दुराचार,बेथिति र राज्यको दोहन गर्ने वर्तमान राजनैतिक यथास्थिति बिरुद्ध र बिकास,समृद्धि,सुशासन, पारदर्शिता, विधिको शासनको पक्षमा विश्वास गर्नु भएको छ |म  हृदयदेखि नै कृतज्ञ छु।

दाजु यो तपाईको म प्रतिको यो बिश्वासलाई डगमगाउन दिने कुनै कार्य गर्ने छैन तर मैले झुक्किएर खराब बाटोमा हिड्न लागे भने मलाई सधै सचेत गराउनुहोला | ओई बहिनी,नानी! यो गलत बाटो हो, यसमा फस्न सकिन्छ,देशलाई नजानेर फसाउन सकिन्छ भनेर सम्झाउनु होला | त्यसबेला म अवश्य सुन्ने छु र सदैव आफ्नो छातीमा निष्ठाको राजनीतिलाई बोकेर नेपाल आमाको दोहन हैन सेवा गर्नेछु।
अन्त्यमा,
खै के भनौ जति लेखे पनि सकिदैनन् यी कुराहरु,मेरो जन्म भए पछि र त्यो भन्दा पनि सयौ बर्ष अघि देखि यो देशलाई सदैव गरिवी,असमानता,कलह,भेदभाव र कहिल्यै बाहिर निस्किन नसक्ने गरि अराजकताको भुँमरीमा फसाउनेहरु कै हालीमुहाली छ |

तर मैले सबै चुप-चाप सहेर बस्न सकिन, यो बाटोमा एक्लै भए पनि उभिनेछु भनेर अठोट गरेको छु, विवेकशील साझा पार्टीले पनि मलाई त्यो थलो दियो र आज तपाई लगायत हजारौको साथ पाउदा यो बाटोमा नडग्मगाई सदैव अडिग रहन सक्ने शाहस पनि बटुलेकी छु।
धेरै धन्यवाद दाजु।
हजुरकी बहिनी
सुबुना बस्नेत

बस्नेत ले यस निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापा र नेकपा एमालेका केन्द्रिय सदस्य डा. राजन भट्टराई संग प्रतिस्पर्धा गर्ने छन।

तपाइँको प्रतिक्रिया ।