तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भयो :संजय ठकुरी (कार्यक्रम संयोजक)

तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भयो :संजय ठकुरी (कार्यक्रम संयोजक)

कपन अनलाइन

काठमाडौ,असोज ४ ।

तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिता जुन आज असोज ५  गते बाट सुरु हुदैछ त्यसैको तयारी र अन्य विषयमा केन्द्रित रहेर कपन अनलाइनले  संग त्यस प्रतियोगिताका कार्यक्रम संयोजक संजय ठकुरी संग गरिएको कुराकानी।

कपन अनलाइन :तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको तयारी के के पुरा भयो ?

संजय ठकुरी: विजयादशमीको अबसरमा बुढानिलकण्ठ युवा समाजले सधै झैँ आयोजना गर्ने यो प्रतियोगिता तेश्रो संस्करण  हो | यस पटक हामीले प्रतियोगिता संचालनार्थ बिभिन्न उप समिती गठन गरि काम आगाडी बढाएको थियौ | प्रसासनिक उपसमिती खेलमैदान ब्यबस्थापन उपसमिती प्रथिमिक उपचार उपसमिती स्वयं सेवक उपसमिती, प्रचारप्रसार उपसमिती, आर्थिक उपसमिती, रसद(logistic) उपसमिती गठन गरि काम बाड फाड गर्दै तयारी गरेका छौ |

कपन अनलाइन : प्रसासनिक उपसमितीको काम के के हो ?

संजय ठकुरी: प्रसासनिक उप समितीले सम्पूर्ण प्रसासनिक कार्य हरु गर्ने गर्दछ जस्तै फारम प्रकासन वितरण संकलन कागजात संकलन जांच टाई सिट निर्मण लगायत कार्यक्रम संचालनको लागि गर्नु पर्ने सम्पूर्ण काम प्रसासनिक उप समिती ले गर्छ |

कपन अनलाइन : पहिलेको प्रतियोगिता र अहिले को प्रतियोगितामा के नयाँ पन दिन खोज्नु भएको छ त ?

संजय ठकुरी: प्रतियोगिता सधै नयाँ नै हुने गर्दछ बिगतको बर्ष हामीले खेलाडी छनौटको लागि पनि प्रतियोगिता आयोजना गरका थियौ र छनौटमा परेका खेलाडीहरु काठमाडौँ उपत्यका नगर कप प्रतियोगितामा सहभागी पनि भएका थिए | यस पटक निर्बाचित जनप्रतिनिधिहरु र नगरपालिकाको कर्मचारीहरु बीच एउटा मैत्रीपूर्ण फुटबल खेल खेलाउने सोच बनाएका छौ

कपन अनलाइन :प्रतियोगिता संचालनको लागि आर्थिक श्रोतको ब्यबस्थापन कसरी गर्नु भएको छ ?

संजय ठकुरी:गएको बर्षमा त् बुढानिलकण्ठ नगरपालिका बाट यस प्रतियोगिताको लागी उचित सहयोग उपलब्ध भएको थियो | यस पटक भने नगरपालिकाले खेलखुदको लागी नीति निर्माण गर्दै गरेको हुदाँ नगरपालिकाको सहयोग र हाम्रो आफ्नै श्रोत प्रयोग गरि नजिक रहेका दाता एबं उद्योग कलकारखाना बाट प्राप्त हुने बिज्ञापन नै प्रतियोगिता संचालनको लागी आर्थिक श्रोत हुने छ | नगरपालिकाले खेल्खुद्को लागी एउटा नीति निर्माण गरिसके पश्चात हाम्रो नगरपालिकामा खेलखुदको विकास अनि उचित ब्यबस्थापन सरल हुने मैले बिश्वास लिएको छु |

कपन अनलाइन :यस पटक कति वटा टिमले सहभागीता जनाउदै छन् त  ?

संजय ठकुरी:यस पटक लगभग २७ वटा टिमले सहभागिता जनाउनको लागि फारम लागेका छन् हाल टाई सिट तयार परुन्जेल सम्म दर्ता भएका टिमको संख्या १८ रहेको छ |बुढानिलकण्ठ नगरपालिका को वडा न ९ र १० बह्येक अन्य टिमले फारम बुझेर लागेकोमामा २३ वटा टिमले फारम बुझाएका हुन् | हाम्रो प्रसासनिक विभागका साथीहरुले फारम चेक जाच गर्दै हुनुहुन्छ | प्रतियोगिता सफल बनाउनको लागी सबै महानुभावहरुलाई सहयोगको लागी हार्दिक अनुरोध समेत गर्दछु|

तपाइँको प्रतिक्रिया ।