तारकेश्वर नगरपालिका प्रमुखका ३ प्राथमिकता र योजना

तारकेश्वर नगरपालिका प्रमुखका ३ प्राथमिकता र योजना

कपन अनलाइन

काठमाडौ,असोज ४।

तारकेश्वर नगरपालिका काठमाडौं जिल्लाको पश्चिम उत्तर भेगमा रहेको प्राकृतिक र सांस्कृतिक रुपमा धनि नगरपालिका हो । शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको भाग उत्तर सिमानामा रहेको यस नगरपालिकामा विविध भूगोल,वातावरण र सम्पदाहरु रहेका छन ।

तारकेश्वर नगरपालिकाका योजना तथा कार्यक्रमको वारेमा कपन अनलाइनले नगरपालिका प्रमुख रामेश्वर बोहोरा संग कुराकानी गरेको छ ।

तारकेश्वर नगरपालिकाका ३ प्राथमिकता ,३ योजना र १ विशेष योजनाको वारेमा नगर प्रमुख बोहोरा संग गरिएको कुराकानी उहाकै शव्दमा यहाँ प्रस्तुत गरिएको छ ।

तारकेश्वर नगरपालिकाका ३ प्राथमिकता

तारकेश्वर नगरपालिकाले आफ्नो कार्यसम्पादनको शिलशिलामा निम्न कुराहरुलाई आफ्ना मुख्य ३ प्राथमिकतामा राखेको छ ।

प्राथमिकता १ :सुशासन

अहिले हाम्रो नगरपालिकामा कर्मचारीको अभाव छ जस्ल हाम्रो कार्य सम्पादनमा असर परेको हामीले महसुस गरेका छौ । सबै वडामा आवस्यक कर्मचारी पूर्ति गरेर जनतालाई हामीले सेवा चुस्त रुपमा दिने योजना बनाएका छौ । जनताले अन्य तह भन्दा स्थानीय तहमा आफ्नो काम गर्न आउदा उनीहरुले फरक महसुस गर्नु पर्छ । यहाँ कसैले कुनै कामलाई हुदैन भन्न पाउदैन त्यसैले हामि सबै फाँट व्यवस्थापन गरेर कामलाई छिटो छरितो बनाउने तिर लागेका छौ ।

यसमा सबै वडामा कार्यालय स्थापना गरि जनताका गुनासा सिधै जनप्रतिनिधि संग संवाद गर्ने वातावरण बनाउने सोचमा हामि छौ ।हामीले असार महिनामा यहाँ पहिला देखि थन्केका काम पुरा गर्यौ भने केहि नक्साका कामहरुको वारेमा हामी अलि संवेदनशील भएर अहिले लागेका छौ ।

अहिले कार्यसम्पादनमा गति आएपनि कर्मचारी अभावले द्रुत रुपमा काम गर्न सकेका छैनौ ।यसलाई पहिलो प्राथमिकतामा राखेर अव अगाडी बढ्ने तयारीमा छौ ।

प्राथमिकता २ : सडक बाटो

हाम्रो कार्यसम्पादनको दोश्रो प्राथमिकता भनेको नगरपालिका भित्र रहेका सडकहरुको विस्तार,सुधार,निर्माण र मर्मत हो ।हामीले टोल स्तरीय ,वडा स्तरीय र नगर स्तरीय बाटोहरुका योजना तयार पारेका छौ ।हामीले नगरपालिकाको एक चौथाई रकम बाटोमा राखेका छौ ।

त्यति मात्र हैन हामीले नेपाल सरकारका सरोकारवाला निकाय संग अन्य मुख्य बाटोहरुका योजनाको बारेमा ताकेता गरि रहेका छौ ।जव सम्म हामीले नगरपालिकाका हरेक गाउ टोलमा यातायातको व्यवस्था सहज रुपमा गर्न सक्दैनौ तव सम्म हामीले सोचे अनुरुपको विकास गर्न सक्दैनौ । त्यसैले हामीले यातायात र बाटोलाई हाम्रो दोश्रो प्राथमिकतामा राखेका छौ ।

प्राथमिकता ३ :सार्वजनिक जग्गा संरक्षण र धार्मिक सांस्कृतिक विकास

शिक्षा स्वास्थ्य जस्ता नियमित र आधारभूत कुरा संगै हाम्रो नगरपालिकाले यहाको सार्वजनिक जग्गा संरक्षण र धार्मिक सांस्कृतिक स्थान र सम्पदाहरुको सम्वर्धन र विकासलाई हाम्रो तेश्रो प्राथमिकतामा राखेका छौ ।

यस नगरपालिकाका धार्मिक  सांस्कृतिक सम्पदाहरूमा तारकेश्वर महादेव ,शान्ति धाम जुन चार धामको अवधारणामा बन्दै छ ,जितपुरको गोकर्णेश्वर मन्दिर,गुहेश्वरी मन्दिर आदिलाई हामीले विशेष योजना सहित प्राथमिकता दिनेछौ ।

यसको साथै कुन्छे पखाल ,ढकाल चौर , त्यस्तै नगरपालिकामा भएको टावरलाई पनि प्रयोग गर्ने योजनामा छौ । नगरपालिकाका विभिन्न स्थानमा वनभोज स्थल निर्माण गरि यहाका ठाउँहरु प्रवर्धन गर्दै जाने हाम्रो सोच रहेको छ ।यसमा बन विभाग संग हाम्रो संवाद भैरहेको छ ।

तारकेश्वर नगरपालिकाका मुख्य तिन योजनाहरु 

योजना १ : भौतिक निर्माण

हाम्रो पहिलो योजना बाटोको साथ साथमा कार्यालय भवन निर्माण गर्ने रहेको छ ।वडाहरुमा आफ्नो भवन नहुदा त्यसले कार्यसम्पादनमा असर परि रहेको छ जुन हामीले निकै संवेदनशील कुराको रुपमा लिएका छौ । हामि आउदो मंग्सिर सम्म सबै वडा कार्यालय भवनहरु निर्माण गरेर त्यहि स्थान बाट सेवा प्रदान गर्ने लक्ष्यमा छौ ।अहिले हामीले ४ वटा वडा कार्यालय र नगरपालिका भवनलाई ४ करोड विनियोजन गरेका छौ ।

त्यस्तै नगरपालिकाका अन्य स्थानमा पनि भौतिक निर्माण गर्नु पर्ने छ जुन वातावरण मैत्री र दिर्घकालिन महत्वको हुनु पर्नेमा हाम्रो विशेष ध्यान छ ।यसमा महिला .युवा ,शिक्षा आदिको लागि सामुदायिक भवन निर्माण गर्ने सोचमा छौ जसको लागि माटो परिक्षण सुरु भैसकेको छ ।

योजना २ : टोल विकास समिति

हाम्रो दोश्रो योजना भनेको वडा हरुका प्रत्यक टोलमा टोल विकास समिति निर्माण गर्ने रहेको छ । यसरी  समिति निर्माण गर्दा टोलको भौतिक ,सामाजिक,मानवीय  र अन्य विकासमा जनताको प्रत्यक्ष सहभागिता हुने र कार्य सम्पादनमा उनीहरुको अपनत्व रहने हामीले सोचेका छौ । यसका लागि सबै वडाहरुलाई निर्देशन प्रदान गरि सकिएको छ ।

यसले पारदर्शिता विकास गर्नुका साथै जवाफदेहिता पनि विकास हुने हाम्रो विस्वास छ । यसलाई हामी एउटा अभियानको रुपमा संचालन गर्ने छौ जुन टोलविकास समिति आवधिक रुपमा गठन हुन्छ ।हाम्रा हरेक गतिविधि यहि मंचको मार्फत संचालन गर्ने हाम्रो योजना रहेको छ ।

योजना ३ : सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण

हाम्रो तेश्रो योजनाको रुपमा नगरपालिका भित्रका सार्वजनिक सम्पतिको संरक्षण गर्ने रहेको छ । यसमा सार्वजनिक जग्गा ,भवन ,विद्यालय भवन ,अस्पताल र अन्य सम्पदाहरुको संरक्षण गर्ने हाम्रो तेश्रो योजना रहेको छ । यसलाई हामीले अलि दिर्घकालिन रुपमा सोचेका छौ ।

आगामी दिनमा हामीलाई धेरै खुल्ला स्थान र जग्गा आवस्यक छ किनकी हामीले यहाँ बसपार्क निर्माण,रंगशाला निर्माण ,नगर अस्पताल निर्माण,हाट बजार संचालन  आदिको लागि हामीले यस्ता स्थानको संरक्षण गर्नु पर्नेछ त्यसैले यो हाम्रो प्रमुख योजना भित्र परेको छ ।विपद व्यवस्थापनको लागि पनि हामीलाई यसले मदत गर्ने छ जुन हाम्रो विशेष योजना पनि रहेको छ ।

विशेष योजना :  तारकेश्वरलाई पर्यटन नगरीको रुपमा  विकास

यस नगरपालिकाको विशेष योजनाको रुपमा पर्यटनको पूर्वाधार विकास रहेको छ । हाम्रो नगरपालिका चक्रपथ बाट नजिक रहेको छ जुन अत्यन्त राम्रो प्राकृतिक वातावरणमा अवस्थित छ । हामीले यहाँ पर्यटन विकासको प्रचुर सम्भावना देखेका छौ ।

हामी संग त्रिशुली राजमार्ग ,भोलि बन्ने सुरुंग मार्ग र अन्य पदयात्राका मार्ग विकास गर्ने सम्भावना हमिले  देखेका छौ । हामी रास्ट्रिय निकुन्ज संग समन्वय गर्दै यहाको सम्पूर्ण प्रकृतिको उपयोग गर्ने नीतिमा छौ ।

काठमाडौं उपत्यका भित्रिने स्वच्छ हावा हाम्रो नगरपालिकाको पाँच माने बाट भित्रिने हो जुन अत्यन्त सुन्दर र प्राचिन महत्व बोकेको स्थान पनि हो ।त्यहा पाँच वटा मानो जस्ता डाँडा रहेका छन जहाँ प्रत्येक वर्ष बौद्ध र हिन्दु धर्मावलम्बीले पुजा आजा गर्दछन ।यो यस्तो स्थान हो जुन स्थान सम्म तिबतका फौज आएको र त्यहा बाट नेपाली फौजले लखेटेको भन्ने किम्वदन्ती छ ।

त्यसैले यस नगरपालिका भित्रका सबै स्थानको उपयोग गरि पर्यटकीय नगरको रुपमा तारकेश्वर नगरपालिकालाई विकास गर्ने हाम्रो विशेष योजना छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।