तेश्रो बुढानिलकण्ठ नगर कप वडाब्यापी फुटवलको तयारी पुरा भैसकेको छ : अम्बिका ठकुरी (सचिव,बुढानिलकण्ठ युवा समाज)

तेश्रो बुढानिलकण्ठ नगर कप वडाब्यापी फुटवलको तयारी पुरा भैसकेको छ : अम्बिका ठकुरी (सचिव,बुढानिलकण्ठ युवा समाज)

कपन अनलाइन 

काठमाडौ,भाद्र २९।

बुढानिलकण्ठ नगरपालिकामा विजया दशमीको अवसर पारेर आयोजना गरिने बुढानिलकण्ठ नगर अन्तर वडा फुटबल प्रतियोगिताको सन्दर्भमा बुढानिलकण्ठ युवा समाजकी सचिब एबं प्रतियोगिता प्रचार प्रसार संयोजक अम्बिका ठकुरी संग कपन अनलाइनले गरेको कुराकानी ।

कपन अनलाइन: विजयादशमीको अबसरमा नै यो प्रतियोगिता आजोजना  गर्नुको मुख्य कारण के छ होला ?

अम्बिका ठकुरी :नेपालीहरुको महान् चाड विजया दशमीको पावन अवसरमा भाइचाराको सद्भाव कायम होस् एवं शुभकामना आदान प्रदान गर्ने एउटा माध्यम बनोस भनेर नै विजया दशमीको अवशरमा यो प्रतीयोगीता आयोजना गरीएको हो ।अहिले को प्रतियोगिताको तयारी लगभग पुरा भैसकेको छ।

कपन अनलाइन: बुढानिलकण्ठ युवा समाजले अन्य सामाजिक कार्य के के कार्य गर्ने गदर्छ ?

अम्बिका ठकुरी :बुढानीलकण्ठ युवा समाजले खेलकुद मात्र नभएर विभिन्न सामाजीक कार्यहरु पनि गर्दै आएको छ । पर्यटन प्रवर्धनको लागी साइक्लिङ्ग, पब्लिक स्पिकिङ्ग कार्यक्रम , विष्णुमती खोला सरसफाइ कार्यक्रम , विष्णुद्वार परिसर सरसफाई कार्यक्रम महाशिवरात्रि कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, साङ्गगितिक होली विशेष  कार्यक्रम जस्ता कार्यहरु गर्दै अएका छन् ।

कपन अनलाइन: खेलखुदका यस्तो कार्यक्रम आजोजना गर्दा कस्तो कस्तो प्रतिक्रिया पाउनु भयो ?

अम्बिका ठकुरी :खेलकुद त्यस माथी पनि फुटबल सबैलाई मन पर्ने खेल भएकोले अहिले सम्म राम्रा राम्रा प्रतिकृया पाएको छै । अझै वडा भित्रका खेलाडीहरु मात्र सहभागी  हुन पाउने हुदा धेरै मानिसहरु खुसी भएका पाएका छौ  ।

कपन अनलाइन: कार्यक्रम आयोजना गर्दाका  अविस्मरणीयक्षणहरु कुनै छन  ?

अम्बिका ठकुरी :अहिले सम्म आयोजना गरेको कार्यक्रम सबैनै स्मरणयोग्य नै छन् तर मलाई चाहिँ विशेष गरि छैठौं वार्षीक उत्सब तथा होली कार्यक्रम  गर्दा  अगिल्लो दिन हामी कार्य समितीको  सदस्य राती १ बजे सम्म बशाह महादेवको मन्दिर परिसरमा तयारी गरी बसेका थियौ त्यो क्षण चाहिँ बिर्सिन नसक्ने पल हो ।

कपन अनलाइन: अन्तमा बुढानिलकण्ठ नगरपालिकाका खेल प्रेमीहरुलाई के भन्न चाहनुहुन्छ ?

अम्बिका ठकुरी : बिगतको वर्ष झैँ यस वर्ष पनि हामीलाई साथ दिनु होला एवं यस पटक पनि यो प्रतियोगीता सभ्य अनी भव्यरुपले सम्पन्न गर्न सहयोगको लागि अपिल गर्दछु । साथै कार्यक्रम सफल बनाउन यहाँहरुको राय, सल्लहर सुझावको अपेक्षा गर्दछु ।

तपाइँको प्रतिक्रिया ।