अचेल किन सक्रिय छैनन ठाकुर खकुरेल ?

अचेल किन सक्रिय छैनन ठाकुर खकुरेल ?

कपन अनलाइन

काठमाडौ,भाद्र २९।

ठाकुर खकुरेल  बुढानिलकण्ठ नगरपालिकामा परिचित नाम हो ।शिक्षा ,समाजसेवा र राजनीतिमा चर्चामा आइरहने यो नाम अहिले बाहिर खास रुपमा सुनिन छाडेको  छ । उमेर हदका कारण शिक्षण छोडेका खकुरेल त्यस पछी आक्रामक रुपमा समाजसेवा र राजनीतिमा आउने धेरैको अनुमानलाई गलत सावित गर्दै अहिले उनि त्यति सक्रिय बनेका छैनन् ।

२०३४ शाल देखि आवरणमा शिक्षण पेशा राखेर काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लामा  भुमि गत राजनीतिमा लागेका खकुरेल त्यस यता निरन्तर राजनीतिक यात्रामा छन । राजनीतिक कारणले सिन्धुपाल्चोक छाडेर सर्लाही जिल्ला झरेका खकुरेलले त्यहाँ पनि शिक्षण सन् संगै राजनीति अगाडी बढाए । त्यस समय उनि एमालेको जिल्ला कमिटि सदस्य र इलाका सचिवको रुपमा लामो समय काम गरे ।

२०५१ शालमा  काठमाडौं कपन आएका खकुरेल त्यस समय काभ्रेस्थलीमा अध्यापन गर्दै एमाले कपनमा गाउ कमिटि सदस्य,उपसचिव ,सचिव ,क्षेत्रीय सचिव र जिल्ला सदस्यको रुपमा काम गरे । त्यस समयमा नेपाल सरकारको जागिर खाएर प्रत्यक्ष राजनीति गर्ने चुनौती उठाएका खकुरेल अहिले कुनै बन्धन नहुदा सक्रिय नहुनु निकै अर्थपूर्ण रहेको छ ।

२०६२/६३ पछिको जनान्दोलन पछी आएको राजनीतिक चेतनाले कपन क्षेत्रका युवाहरुमा शशक्त राजनीतिक चेतना विजारोपण गर्यो जसलाई खकुरेलले पहिचान गरे र यस क्षेत्रका धेरै युवालाई एमालेमा समेट्न सहजीकरण गरे जसको परिणाम अहिले त्यहि समयका युवाहरु विभिन्न तहको नेतृत्वमा पुगेका छन ।

त्यस पछी जिल्ला कमिटि,क्षेत्रीय कमिटि र रास्ट्रिय प्रतिनिधि परिषदको निर्वाचनमा पराजित बनेपछि उनमा निरासा आएको उनि निकट रहेका एक एमाले नेताले बताए । यस प्रकरण संगै उनले निरन्तर साथ र सहयोग गर्दै आएका यस क्षेत्रका एमाले नेता मिठाराम अधिकारी संग उनको कटुता बढ्दै गएको र त्यसले उनको राजनीतिक सक्रियतामा अवरोध गर्यो जसले अन्तत उनलाई एमाले छोड्न बाध्य बनाएको ति नेताले बताए ।

खकुरेलले एमाले त्यागेर त्यस पश्चात नेकपा माओवादी प्रवेस गरे जहाँ उनि खासै ठुलो र सक्रिय जिम्मेवारीमा देखिएनन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा पनि उनि उल्लेख्य रुपमा सक्रिय नभएको एक माओवादी केन्द्र बुढानिलकण्ठका नेताले बताए । यो निकै अर्थपूर्ण र मननयोग्य कुरा हो उनले थपे ।उनको उमेरलाई निस्कृयताको कारण बताइए पनि उनको राजनीति प्रतिको अरुचि निस्कृयताको कारण हुन्सक्ने उनका एक सहपाठीले बताए ।

अहिले प्रतिनिधि सभा र प्रादेशिक क्षेत्रको निर्वाचनको चर्चा चलीरहदा पुन खकुरेलको नाम अगाडी आएको छ । अहिले उनलाई माओवादी केन्द्रको उम्मेदवारको रुपमा अगाडी सार्ने सम्भावना रहेको आकलन गरेका छन । यस सम्बन्धमा कपन अनलाइनले उनलाई प्रश्न राख्दा अहिले यसवारेमा बोल्न हतार हुने प्रतिक्रिया दिए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।