जनस्वास्थ्यको टोलि सहित मासु पसल अनुगमनमा बुनपा ८ का अध्यक्ष सुमन तामांग

जनस्वास्थ्यको टोलि सहित मासु पसल अनुगमनमा बुनपा ८ का अध्यक्ष सुमन तामांग

कपन अनलाइन

काठमाडौ,भाद्र २९।

जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर ,बुढानिलकण्ठ नगरपालिका र बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को संयुक्त टोलीले आज गोल्फुटार देखि हात्ती गौडा सम्मका मासु पसलको अनुगमन गरेको छ ।

अनुगमन टोलीले प्रत्येक  मासु पसल अनुगमन गरेको र कुनै पनि पसल मापदण्ड अनुसार संचालन नभएको पाइएको वडा नं ८ का अध्यक्ष सुमन तामांगले बताए । धेरै पसलमा भण्डारण गलत तरिकाले गरिएको छ भने केहीमा धक तराजुमै खेलबाड गरिएको छ उनले थपे।

अनुगमन टोलीले मासु पसलहरुलाई १५ दिनको अल्टिमेटम सहित पत्र दिएको छ । यदि त्यो समय भित्र सुधार नभएमा पसल बन्द  गर्ने सम्मको कारवाही गरिने अनुगमन टोलीका एक सदस्यले बताए ।

 

तपाइँको प्रतिक्रिया ।