'बिस्कुन यो मनको' कविता संग्रह लिएर मिना श्रेष्ठ उदाइन्

IMG_3994 IMG_4009 IMG_4002 IMG_4020कपन अनलाइनसाहित्यिक क्षेत्रका लागि कपन विगतदेखि नै उर्बर भूमि मानिन्छ । पूराना पुस्ताका धुरन्धर साहित्यकारदेखि नयाँ पुस्ताका नामुद साहित्यकारहरु यहाँ बसोबास गर्दछन् । पूराना घटराज भट्टराई,, पूर्णप्रकाश नेपाल यात्रीलगायतदेखि अहिलेका जल्दाबल्दा रामप्रसाद ज्ञवालीसम्मका साहित्यकार कपनबासीकै कोटीमा पर्दछन् । नेपाली साहित्य, कला र संगीतकाका धेरै चिनिएका नामहरु यहाँ बसोबास गर्दछन् । यिनै साहित्य तथा काव्यजगतमा अटाउन आफ्नो पहिलो कृतिका साथ कवयित्री मिना श्रेष्ठ पनि कपन क्षेत्र उदाएकी छिन् ।
राजनीतिक यात्रामा रमाइरहेकी मिनाले बिस्कुन यो मनको नामको कविता संग्रहका साथ नेपाली काव्यजगतमा पदापर्ण गरेकी हुन् । नारी आवाज तथा नारी स्वरका विभिन्न भङ्गिमामा रचिएका ७० वटा कविता अटाएको बिस्कुन यो मनको कविता संग्रहलाई कपनमा आयोजित एक कार्यक्रममा एमाले नेता केपि ओलीले लोकार्पण गरे ।
कपनस्थित आफ्नै किमाथांका रिसोर्टमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली महिलाहरुले पुरुषप्रधान समाजमा पाएका विभिन्न भोगाइको यो कृति सिमित साहित्यकर्मी तथा स्थानीयवासीहरुकाबीच सार्वजनिकरण गरिएको हो । कार्यक्रममा कवि राजेन्द्र शलभले मिना श्रेष्ठको कृति र यस कृतिले ओगटेको धरातललाई समिक्षात्मक टिप्पणी गरेको थिए ।
समाज राजनीतिबाट भिन्न छैन, राजनीतिले मानिसलाई हर्दम पछ्याइरहेको हुन्छ । बिस्कुन यो मनको कृति पनि राजनीतिबाट बढि प्रभावित छ । मिनाका कविताहरु सरल र सहज शब्द तथा विम्वमा लेखिएका छन् । महिला मन भित्रका राजनीतिक उकुसमुकुसतालाई यस संग्रहमा राम्ररी उजागर गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।