आफना कथा आफै खिच्दै र भन्दै बेचविखन प्रभावितहरु
कपन अनलाइन
काठमाडौ,भाद्र २७ /आशिष दुलाल
बर्ष २१ की रमला बिक (नाम परीवर्तन) अहिले आफ्ना वीगतका चहराएका घाउ सम्झेर बिछिप्त बन्दिनन, बेचविखन भएर फर्केर आए पछि शक्ति समुहमा बसेर पढाई संगै बिभिन्न शीपहरु सिक्दै आफुलाई अघि बढाईरहेकी उनी अहिले क्यामेराले फोटो खिचेर आफ्ना मनका कुरा पोख्न सक्छिन र अझ उनलाई भिडियोे क्यामेरा चलाएर व्यवसायीक बन्ने रहर छ ।
त्यसो त रमला संगै अन्य १२ जना प्रभावीत किशोरीहरु पनि फोटो खिचेर बिभिन्न कथा बताउन पाँउदा हर्शीत मात्र हैन केहि नौलो कुरा सिक्न पाएको र आफ्ना कथा फोटो र भिडियोमा उतारेर समुदायमा जनचेतनाको लागि फैलाउने र समाजसेवा गर्नमा लालायीत छन ।
शक्ति समुहको आयोजनामा भ्वाईस अफ वोमन मिडियासंगको प्राविधिक सहकार्यमा शक्ति समुहमा आश्रीत बेचविखन प्रभावितहरुका लागी ६ महिने फोटोग्राफी तथा भिडियोग्राफी तालिमको आयोजना गरीएको हो । सहभागीले क्यामेरा चलाउन, फोटो तथा भिडियो खिच्न सिक्ने मात्र हैन, सिकेका कुरालाई प्रयोगात्मक रुपमै लागु समेत गर्दै छन ।
उनीहरुले खिचेका तस्वीरहरुको काठमाण्डौमा प्रदर्शनी गरीने भएको छ र उनिहरुकै शिपमा उनीहरुको कथालाई छोटा वृतचित्रहरुको निर्माण समेत गरीएको छ । ति चलचित्रहरुलाई बिभिन्न जिल्लामा जनचेतनाका लागी सरोकारवाला निकायका बिच प्रदर्शन समेत गरीनेछ । ‘प्रभावीत बहिनिहरु एकदमै उत्साहीत छन र आफुले खिचेको फोटो र भिडियो लाई गाँउ गाँउमा देखाउदा बेच विखन रोकथाम गर्न सहयोगी हुनेमा हामी आषावादी छौ, ति तस्वीर र भिडियोमा गोपनीयताको कायम गरीएको छ’ शक्ति समुहका मिडिया संयोजक आशिष दुलालले बताए ।
मैले फोटो खिचेर हाम्रो मनको पिडालाई पोख्न सिकेँ, अझ धेरै सिकेर म जस्तै प्रभावीतका कथाहरु उठाउन चाहन्छु, हामीले बनाएको फिलीम हेरेपछि तपाँईहरु पनि दंग पर्नुहुन्छ, खुसी हुदै प्रभावीत सर्मीला तामांग (नाम परीवर्तन) ले बताइन । प्रभावीतका लागी क्षमता अभिवृद्दि गर्नका लागी यो तालिम सहायक सिद्धहुने मात्र हैन मानव बेचविखन बिरुद्धको अभियानमा उनीहरुकै यो कदम अर्थपुर्ण सिद्धहुन सक्छ । बेचविखन प्रभावितको संरक्षण अन्तर्गत शिक्षा, व्यवसायीक तालिमहरु लाभदायक हुन सक्छन तर पक्कै उनीहरुको गोपनीयताको सवाललाई मध्यनजर गर्दै यस्ता शीपहरु दिएर उनीहरुको जिवनमा दिगोरुपमा फरक ल्याउन अझ अर्थपुर्णरुपमा आर्थीक सशक्तिकरण तर्फ डोर्याउन बिशेष कदम चाल्नु पर्ने देखिन्छ ।फोटो सौजन्य :आशिष दुलाल