कपनबाट मोहन थापालगायत १५ जना एमाओवादीमा प्रवेश

कपन अनलाइनIMG_20130414_164606कपनबाट १५ जना युवाहरु आज एमाओवादीमा प्रवेश गरेका छन् । आज चावहिलस्थित नवदूर्गा क्याटरिङमा आयोजित एक कार्यक्रममा उनीहरु एमाओवादी प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेहरुमा कपन बेख सिद्धेश्वर युवा क्लबका अध्यक्ष मोहन थापालगायतका युवाहरु छन् । राप्रपा नेपालमा पनि हैसियतमा रहेका मोहन थापाका साथमा भरत धिताल, आशिष पौडेल, गणेश आचार्य र साजन थापा पनि आजै एमाओवादीमा प्रवेश गरेको कुरा एमाओवादी नेता संजय  अर्यालले कपन अनलाइनलाई बताए ।
गएका हप्ता क्षेत्र नं. ४ का ठाकुरप्रसाद खकुरेललगायतका एमालेका केही नेता एमाओवादी प्रवेश गरेको अवसर पारेर  आज नवदूर्गा क्याटरिङमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो । एमाओवादीका नेता पासाङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
मोहन थापा अध्यक्ष भएको कपन बेख सिद्धेश्वर युवा क्लबले केही दिन अघि कपनको ह्याण्डबल मैदानमा आयोजना गरेको फुटबल खेलमा नेता पासाङले व्यक्तिगत रु. ३०,००० सहयोग गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।