आमसन्चार विश्वविद्यालय बुढानिलकण्ठ नगरपालिकाको गौरव हुनेछ : डा .मन्जु मिश्र

आमसन्चार विश्वविद्यालय बुढानिलकण्ठ नगरपालिकाको गौरव हुनेछ : डा .मन्जु मिश्र

कपन अनलाइन 

काठमाडौ,भाद्र ६ ।

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन(सिजेएमसी ) २०५७ शालमा स्थापित पत्रकारिताको अध्ययन अध्यापन हुने महत्वपूर्ण शैक्षिक संस्था हो ।बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयटारमा रहेको यो कलेज पत्रकारिता विषयमा विद्यावारिधी गरेकी डा .मन्जु मिश्रले संचालन गरेकी हुन्। आम सन्चार विश्व विद्यालय स्थापनाको अभियानमा रहेकी मिश्र संग कपन अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

कपन अनलाइन: सिजेएमसी कलेजका वारेमा केहि बताई दिनुस न ?

डा .मंजु मिश्र :कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिजम नेपालमा हाल सम्म मिडियाको एउटै मात्र कलेज हो । जसमा मास्टर इन मास कम्युनिकेसन  र  व्याजलर  इन मास कम्युनिकेसनको पढाइ हुन्छ ।

कपन अनलाइन : यो कहिले स्थापना भयो ?

डा .मंजु मिश्र :  २०५७ साल माग २८ गते दर्ता भएको हो र १ वर्ष पछि २०५८ साल पुस २७ गते  औपचारिक संचालनमा आयो  नेपालमा त्यतिखेर कुनै पनि लेभलमा पत्रकारीता सम्बन्धि  विषयको पढाई हुने  कलेजहरु संचालन भएका थिएनन ।

कपन अनलाइन :यस कलेजमा कुन कुन विषयहरु पढाइ हुन्छ ?

डा .मंजु मिश्र :यसमा अब रिपोर्टीङ, इडिटिङ, फिल्म स्टडी , फोटोग्राफी अनि त्यस्तै अब टिभी र रेडियो पत्रकारिताको पढाई हुन्छ ।

कलेज भवन नमुना

कपन अनलाइन :पत्रकारिता सम्बन्धि सबै विषयहरु पढाइ हुन्छ ?

डा .मंजु मिश्र :हो सबै विषयहरु पढाइ हुन्छ ।

कपन अनलाइन :यसको पाठ्यक्रम र यसको फ्याकल्टी मेम्बरहरु कस्ता कस्ता हुनुहुन्छ ?

डा .मंजु मिश्र : अब हाम्रो पाठ्यक्रमलाई एकदमै राम्रो मानिन्छ । र अरु विश्वविद्यालयमा मध्य पनि हाम्रो पूर्वमाञ्चल विश्वविद्यालयले राखेको विषय राम्रो विषय मानिन्छ । पढाउने टिचरहरु पनि यो कलेजमा राम्रो राम्रो हुनुहुन्छ । जसले विदेशमा पढेर आउनु भयो या नेपालकै राम्रो टिचरहरु आवद्ध हुनुहुन्छ ।

कपन अनलाइन :व्यजलर इनमास कम्युनिकेसन , जर्नालिजम  र डेपलपमेन्ट  कम्युनिकेसनमा कस्ता कस्ता विद्यार्थीहरु भर्ना हुन पाउछन ?

डा .मंजु मिश्र :अब  विद्यार्थी चाहि जुन सुकै विषयबाट पनि लिन सक्छौ व्याचलर लेवलमा +२ गरेको हुनु पर्यो अथवा ए लेभलमा पनि हुन्छ र मास्टरमा डिप्लोमा हुनु पर्यो संकाय जुनसुकै हुदा पनि हुन्छ ।

कपन अनलाइन :बुढानिलकण्ठ नगरपालिकामा आफ्नो भवन बनाउनु भाछ  यो भवन कलेजको लागि मात्र हो कि के हो ?

डा .मंजु मिश्र : यो भवन कलेजको लागि भन्नु भन्दा पनि यो भवन सम्बन्धमा भोली कम्युनिकेसन युनिभर्सिटी अफ नेपाल यहि भवनबाट संचालन गर्ने लक्ष्य छ । तर अहिले चाहि कलेजको लागि नै सञ्चालन गरी राछौ ।

कपन अनलाइन : विस्वविद्यालयको सम्बन्धनको कुरा चाहि कहाँ पुगेको छ ?

डा .मंजु मिश्र : यो सम्बधनको कुरा चाहि  छाता ऐन नआए सम्म र पास नभए सम्म अड्किरहेको छ ।

कपन अनलाइन : अहिले प्रकृयाहरु सबै पुरा गरेर रोकिएका छन् ?

डा .मंजु मिश्र : छाता ऐन  पास हुने प्रकृया रोकीइ  रहेकोछ।

कपन अनलाइन :  त्यो त संमसदमा छ हैन अहिले ?

डा .मंजु मिश्र :  संसदमा छ पास भएको छैन मनोमहन विस्वविद्यालय जस्तै पास भएको छैन ।

कपन अनलाइन : त्यो पास भए पछि आम सञ्चार विश्वविद्यालयको बाटो खुल्छ कि खुल्दैन ?

डा .मंजु मिश्र :बाटो खुल्छ, हुन्छ नै भनेर हेर्नुस मैले ठोक्काका साथ भन्न गाह्रो छ । मेरो हातमा छैन त्यो कुरा तर बाटो खुल्छ । जहाँ  सम्म लाग्छ शिक्षा मन्त्रालयमा पनि दर्ता भएको २४ विश्वविद्यालय मध्ये महिलाले दर्ता गराएको चाहि यहि मात्रै हो । अब यो कलेजले पनि १६/ १७ वर्षको सफलताको इतिहास बोकेको कारणले नै सम्बन्धन पाउन योग्य छ भन्ने लाग्छ ।

कपन अनलाइन :अरु पूर्वाधारहर चाहि सबै  पुरा भइसक्या छन् सम्बनधका लागि ?

डा .मंजु मिश्र :अब त्यस किसिमले नजाउ  राम्रो काम गर्नेलाई स्वीकृति दिनु पर्छ भन्ने मेरो मान्यता हो । अब त्यहा नियम कानुन, जग्गा जमिन त्यता तिर जादै नजाम किन भने तपाइको यहा कुनै काम राम्रो गर्नको लागि चाहि नियम लाग्ने हैन  नराम्रो भइरहेको छ भने आफु बच्नको  लागि त्यो नियम चाहि पास गराउनु पर्ने रे मलाइ त्यो नियम चाहि बहिस्कार गर्ने मन छ । त्येसैले नियमको कुरै नगरम अहिले ।

कपन अनलाइन :अब यो आमसञ्चार विश्वविद्यालयको कुरा त छुटै भो जस्तो कलेज अफ जनर्रालिजम एण्ड मास कम्युनिकेसन पढ्न चाहाने विद्यार्थीलाई शुल्कहरु कस्तो छ प्रावधानहरु के के हुन ?

डा .मंजु मिश्र :प्रावधान भनेको चाहि के हो भने अब यो कलेज वास्तवमा नेपालमा पत्रकारीता सेक्टरहरुमा प्राइभेट लेवलमा सबै भन्दा सस्तो कलेज हो हामीले एकदमै निम्न सुल्क र सजिलो प्रकृया राखेका छौ।  बुढानिलकण्ठ नगरपालिका बासीहरुको त्यहाँ बस्ने जनताहरुको त्यहि लोकेसनमा एउटा  सस्तो आमसञ्चारको कलेजको स्थापना भएकोले त्यहाका जनताले म बाट आशा  गर्नु स्वाभाविक पनि हो । त्यसैले त्यो स्थानका बासीन्दाहरुलाई  हामीले के गर्न सक्छौ भने अलि कति उनहिरुलाई चाहि छात्रवृति दिने काम हुन् सक्छ  । यसमा कति प्रतिशत दिने के को आधारमा दिने केटालाइ कति दिने केटीलाई कति दिने ककसलाई दिने भन्ने कुराको चाहि हामी कलेजमा पुरै संचालनमा आएपछि निर्णय गर्छौ ।

कपन अनलाइन : त्यस्तो अहिले समयमा नगरपालिका तथा नगरपालीकाका वडाहरुबाट सिफारिस अथवा पत्र लिएर आयो भने केही न केही सुविधा त हुन्छ ?

डा .मंजु मिश्र :अब हेर्नुस यो सिफारिस र पत्र अहिले पार्टीगत हिसाबले चलेको देशमा आफ्नो मान्छे हुन साथ भक्काभक सिफारिस हुन्छ  त्यसलाई म मान्दिन तर के लाई मान्छु भने त्यो विद्यार्थी जान्ने छ कि छैन कुनै विद्यार्थी वास्तविक दावेदार गर्छ कि गर्दैन त्यो विद्यार्थी साचिकै जनजाति मधेस दलित हो कि हैन ? संविधानले  निर्धारण गरेका मापदण्ड  भित्र पर्छ कि पदैन उसको सबै वस्तुस्थिति बुझेर नगरपालिका वा वडाले सिफरिस गरेको आधारलाई चाहि पहिलो मान्यता दिएर हामीले कार्य  गर्नेछौ ।

कपन अनलाइन :अब भावी  योजना चाहि के छ ?

डा .मंजु मिश्र :तत्कालको योजना त अब यस कलेजलाई पूर्ण संचालन गर्ने हो । अहिले दुख लाग्दो वातावरणमा  कलेज सञ्चालन गर्नु परेको छ किन भने भुकम्पले  प्रत्यक्ष असर पारेपछी बालकुमारी बाट यहाँ आफ्नै विडिङमा सर्नु पर्यो जुन बेला चाहि हाम्रो वालहरु प्रिफ्याव लगाको थिएन झ्यालहरु पनि हालेको थिएन यस्तो अवस्थामा पनि विद्यार्थीहरुले पढे  र टिचरहरुले पनि आएर पढाइदिनु भयो।

अहिले बल्ल बल्ल हामी लास्ट स्टेजमा छौ अब यसलाई चाहि पुरै निर्माण  सम्पन भए पछि नयाँ डेक्स बेन्च सहित जब हामी पूर्ण संचालन  गछौं त्यहा  प्राविधिक ल्याब , टेलिभिजन ल्याब स्टुडीयो कम्प्युटर ल्याब फोटो स्टुडीयो सबैको व्यवस्था  हुन्छ । किन भने हामीले ति पुर्वाधारहरु व्यवस्था गरिसकेका छौ ।

कपन अनलाइन : बुढानिलकण्ठबासीहरुको एउटा प्रश्न  यो क्षेत्रले माया गरेको सिजेएमसि १०६ मेगाहर्ज एकाएक बन्द भयो अहिले सुनिदैन भन्ने गुणासो छ के भाको हो ?

डा .मंजु मिश्र :बन्द भयो भन्ने प्रश्नको म ठाडो विरोध गर्छु । यो बन्द भएको होइन पहिलो कुरा दोश्रो  कुरा यो १०० वाट मात्र भएकोले र अरु ५०० वाट १००० वाट जस्तो यो काठमाण्डौ भ्यालीमा राम्रो सुनिदैन तेस्रो मैले भने तपाइलाई अघिनै भने  भुकम्पले चाहि प्रत्यक्ष असर पारे पछि बालकुमारी बाटा यहाँ आफ्नै विल्डिंगमा  सर्नु पर्यो अनि एफ एम संचालन भएको घर पनि  रेट्रोफिट गर्नु परेका कारण त्यो एफ एम नै हामीले अन्तै  लैजानु पर्यो । त्यसलाई हामीले अर्कैलाई लिजमा दिएका छौ उचित समयमा त्यो यहाँ संचालनमा आउछ ।

कपन अनलाइन :अहिले यसको अवस्था के  छ ?

डा .मंजु मिश्र :अब  २ वर्ष प्रतिक्षा गर्नुस यहाँ कलेज भवन पनि निर्माण सम्पन्न  हुन्छ एफ एम फिर्ता ल्याएर म नगरमा संचालनमा ल्याउनेछु  ।

कपन अनलाइन :अन्तिममा  के भन्न चाहानुहुन्छ ?

डा .मंजु मिश्र :बुढानिलकण्ठ नगरवासीले यो कलेजलाइ माया गर्नु पर्यो  यहाँको मेयरले सदभाव राखेर  सकिने सहयोग गर्नु पर्यो  त्यसमा पनि महिला महिला भन्छन् त्यसैले महिलाले संचालन  गरेको हुनाले अलि बढी ध्यानाकर्षण  गराउनु चाहान्छु ।

यहाँका गाविसका कयौ सदस्यहरु मेरै आसपासमा हुनुहुन्छ वहाँहरुले पनि सकारात्मक रुपमा हेरेर  यो कलेजलाई सहयोग गर्नु पर्यो  सभा मात्र राखेर के गर्नु भोको पेटलाई सजाएर राखेर हुन्छ र  तराइका बाढी पिडितलाइ सदभाव मात्र  राखेर हुन्छ । बरु तपाइले मोबाइल चार्ज  गरेर दियो भने पनि कति सेवा पुग्छ । त्यसैले सदभाव मात्र राखेर हुदैन ।

विद्यार्थी पठाएर हुन्छ कि अन्य कुनै किसिमबाट हुन्छ सहयोग गर्नु पर्यो । यो कलेज यस नगरपालिकाको गौरवको रुपमा संचालन गर्ने योजना रहेको छ । आमसंचार विश्वविद्यालय बनाउन सकियो भने यसले नगरपालिकाको एउटा पहिचान बन्नेछ जसले प्रत्यक्ष रुपमा नगरवासीलाई मद्दत पुग्नेछ ।

 

तपाइँको प्रतिक्रिया ।