बुढानिलकण्ठमा त्यस रात मैले जे देखे

बुढानिलकण्ठमा त्यस रात मैले जे देखे

कपन अनलाइन

काठमाडौ,भाद्र ५ /विचार/ विजेन्द्र पुडासैनी

साँझ ढल्केर रात हुदै थियो मोबाईलमा साथीको फोन आयो उसले भन्यो ओइ कता छस त्यहाँ स्पेसल चोक पुग त् हट न्युज छ रे ।  साथीले फोन के राखी सकेको थियो म बेगले भटभटे कुदाउन थाले। यहाँ प्रयोग गरेको बेग शब्द बिदुर बेग संग तुलना नगरियोस। म पुग्दा मान्छेको र  प्रहरीको भिड तैनाथ थियो । के भएछ भनेर बुझ्दै गर्दा प्रहरीको निलो गाडीमा ३ /४ जना मान्छे हाली प्रहरीको मोटर पनि बेगमै गुडेर गयो धन्न दुई तिन वटा फोटो खिच्न सके ।

भएको के रहेछ भनेर बुझ्दा  रातीको समयमा नेकपा एमाले बुढानिलकण्ठ नगर संयोजक दीपक निरौलाको घरमा  निर्वाचनआयोगका कर्मचारीको मिलोमतोमा आफ्नो पक्षका मतदाताहरूको नामावली संकलन र फोटो खिच्ने कार्यक्रम भैरहेको कुरा बाहिर आयो | प्रहरीको गाडीले अगिन निर्बाचन आयोगका कर्मचारी आकृत खत्री घरधनी दिपक निरौला लगायतलाई महानगरीय प्रहरी बृत महाराजगंजमा लगेको रहेछ ।

भिड बढ्दै थियो ने.क.पा माओवादी केन्द्रका रबिन अधिकारी भिडलाई प्रसाशनलाई आफ्नो काम गर्न दिन सम्झाउदै थिए ।  नेपाली कांग्रेस क्षेत्र् नं  ५ का सभापति रमेश खड्का उत्तेजित भिडलाई सम्झाउदै प्रहरी आएको अब प्रहरीलाई काम गर्न सहज बाताबरण बनाउन सहयोग गर्दै थिए। उत्तेजित भिड भने दिपक निरौलाको घर भित्र गएर अन्य मानिस को को छन् सबैलाई प्रहरीको जिम्मा लगाउनु पर्छ भन्दै थिए । विवाद चर्कदै थियो यत्तिकैमा नेपाली कांग्रेस क्षेत्र् न ४ का क्षत्रीय सभपति  राजु श्रेष्ठ आईपुगे उनले बस्तुगत जानकारी लिए । उनि पनि भिडलाई सम्झाउने प्रयासमा थिए भिड नाराबाजीको सुरुवातमा पुग्दै थियो त्यस घर भित्र अन्य धेरै मानिस रहेको र ती सबैलाई प्रहरीको जिम्मा लगाउने कुरा हुदै गर्दा  प्रहरीले घर भित्र गएर बु.न.पा वडा न ९ का वडा अध्यक्ष् राजेन्द्र सापकोटालाई बाहिर निकाल्दै गर्दा झडप भयो र झडपमा महानगरीय प्रहरी बृतका प्रमुख गोबिन्द पुरीको मोबाइल समेत क्षति भयो ।

राष्ट्रिय स्तरका समाचार च्यानल आउदै गर्दा भिड बाट कसैले भन्यो पक्राउ पर्ने निर्बाचन आयोगका कर्मचारी आकृत खत्री एमाले नेता अर्जुन खत्रीको भतिजा समेत रहेका कुरा आयो। साथै नगरपालिकाको करार सेवाका कर्मचारीहरु समेत उक्त घरमा रहेकाले सबै मानिसहरुलाई बाहिर निकाल्न भिड प्रहरी संग कुरा गर्दै थियो । खत्रीलाई प्रयोग गरेर एमाले नेताहरुले आफ्ना समर्थकहरुलाई घरमै नाम लेखाउने व्यवस्था मिलाएको हुदाँ यो अवस्था सिर्जना भएकोले  अन्य राजनीतिक दल आक्रोशित भएको महसुस भै रहेको थियो जुन स्वाभाविक पनि थियो ।

यसै क्रममा एक जना मोटरसाइकलमा आएका व्यक्तिले मतदाता नामवालिमा नाम समाबेस गराउन आफ्नो काम  ३  दिन सम्म पनि नसकिएको  अहिले आफ्ना कार्यकर्ताको नाम भटाभट दर्ता गराउदा राम्रो नजिर नबस्ने आक्रोस व्यक्त गर्दै थिए । यत्तिकैमा मुसलधारे पानि बर्षियो भिड तितर बितर हुदै थियो दिपक निरौलाको घरमा भएका मानिसहरु पनि बिस्तारी निस्कदै थिए उनीहरुलाई लिन करिब ३०० मिटर माथि निजि सवारी साधनको ब्यबस्था पनि रहेछ । उनीहरु त्यसमै गए र म पनि आफ्नो घर तिर लागे ।

 

तपाइँको प्रतिक्रिया ।