मतदाता नामावली संकलन प्रकरण : एमाले बुढानिलकण्ठले बिज्ञप्ति जारि गर्यो

मतदाता नामावली संकलन प्रकरण : एमाले बुढानिलकण्ठले बिज्ञप्ति जारि गर्यो

कपन अनलाइन

काठमाडौ,भाद्र ६ ।

बुढानिलकण्ठ नगरपालिकामा भएको मतदाता नामवली स्थानीय एमाले नेताको घरमा गरिएको भन्दै भएको नगरपालिकाको तालावन्दी भाद्र ५ गते खुलेको छ । यो प्रकरणले संसद ,नगरपालिका र स्थानीय स्तरमा चर्चा पाईरहदा नेकपा एमालेले कुनै आधिकारिक धारणा व्यक्त गर्न सकेको थिएन । एमालेको आधिकारिक धारणा जनताले मागी रहदा स्थानीय नेतृत्व मौन रहेको थियो।

आज भाद्र ६ गते नेकपा एमाले बुढानिलकण्ठ नगर समन्वय कमिटीले बिज्ञप्ति जारि गरेको छ। नगर समन्वय कमिटिका संयोजक दीपक    निरौलाको हस्ताक्षरमा  जारि बिज्ञप्तिमा त्यस दिन उनि  केही आफन्तहरुबीच तीज विशेष कार्यक्रम मनाउँदै बसेको उल्लेख गरेका छन।

तर एक्कासी बाहिर कसैले नामावलीको लागि मैले घरमा नै कर्मचारी लगेको भन्ने लागेर प्रहरीलाई जानकारी दिने काम भएछ र  त्यसपछि प्रहरीले मलाई डाक्ने काम भएपछि आफै  महानगरीय प्रहरी वृत्त महाराजगंजमा गएको बिज्ञप्तिमा उनले उल्लेख गरेका छन ।

यस बिज्ञप्तिमा निरौलाले घरमा मतदाता नामावली संकलन गरेको अस्विकार गरेका छन । यो बिज्ञप्ति पछी बुढानिलकण्ठ नगरपालिकामा भएको घटनाले नया मोड लिन सक्ने अनुमान गर्न सकिन्छ । यसै विषयमा नेपाली कांग्रेस बुढानिलकण्ठले गोल्फुटार पार्टी प्यालेसमा आगामी रणनीति तय गर्नका लागि आजै बैठक डाकेको छ भने माओवादी केन्द्र पनि आन्तरिक छलफलमा रहेको छ ।

हेर्नुहोस उनले जारि गरेको बिज्ञप्ति :

विज्ञप्ती
निर्वाचन आयोगको कार्यतालिका अनुसार थप मतदाता नामावली संकलन कार्यको सिलसिलामा बुढानीलकण्ठ नगरपालिकासँग हाम्रो पार्टी बुढानीलकण्ठ नगर संगठन कमिटी, मेरो र वडा नं. ९ का वडा अध्यक्ष राजेन्द्र सापकोटाको नाम जोडेर केही सञ्चार माध्यम र व्यक्तिगत सामाजिक सञ्जालहरुमा भ्रामक समाचार सम्प्रेषण गरिएको बारे म र मैले नेतृत्व गरेको नगर संगठन कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मिति २०७४÷०५÷०३ साँझ ६ः३० तिरसम्म वडा नं. ८ को कार्यालयमा बाँकी रहेका मतदाताहरुको फोटो खिच्ने काम भएको हो । तर त्यस समयसम्म फोटो खिच्न बाँकी रहेका मतदाताहरुले फोटो खिच्न नपाउने अवस्था सिर्जना भएपछि केही मतदाताहरु पार्टीको जिम्मेवार कार्यकर्ताको हिसाबले फोटो खिच्ने समय थप गर्नका लागि सम्बन्धित ठाउँमा भनी दिन आग्रह गर्दै मेरो घरमा आउनु भएको थियो । त्यस दिन म केही आफन्तहरुबीच तीज विशेष कार्यक्रम मनाउँदै बसेको थिएँ । स्मरण रहोस्, भाद्र १ गतेदेखि म अप्रेसन गरेर आरामको लागि घरमै बसिरहेको थिएँ । त्यही क्रममा मैले निर्वाचन आयोगले खटाएको कर्मचारीहरुलाई बुझ्नका लागि मेरो घरमा तीज विशेषको पनि कार्यक्रम भएकोले फोनमा होइन यतै चिया खाँदै गफ गरौंला आउनुहोस् भनेपछि कर्मचारी साथी आउनु भयो । तर एक्कासी बाहिर कसैले नामावलीको लागि मैले घरमा नै कर्मचारी लगेको भन्ने लागेर प्रहरीलाई जानकारी दिने काम भएछ । त्यसपछि प्रहरीले मलाई डाक्ने काम भएपछि आपैंm महानगरीय प्रहरी वृत्त महाराजगंजमा गएको हुँ । त्यहाँ कर्मचारी र मैले यथार्थ कुरा बुझाएपछि त्यस दिन निर्वाचन आयोगको कार्यालय बन्द भैसकेकोले भोलिपल्ट निर्वाचन आयोगमा जाने कुरा भए अनुसार २०७४ भाद्र ०४ गते काठमाडौं निर्वाचन आयोगको कार्यालयमा गएर सबै यथार्थ स्थिति बुझाइयो । त्यसपछि निर्वाचन आयोगले आफ्नो कार्यतालिका अनुसार आवश्यक छानवीन गरेर मतदाता नामावली प्रकाशन गर्ने हाम्रो सहमति सहित यस विषयको टुङ्गो लगाई सकिएको छ । तसर्थ यस विषयमा म र मेरो पार्टी प्रतिको लोकप्रियता माथि आँच लगाउने खालका कुनै पनि गतिविधि नगर्न सबैलाई सचेत गराउन चाहन्छु । र यस सम्बन्धमा कुनै पनि भ्रममा नपर्न बुढानीलकण्ठवासी न्यायप्रेमी आमाबुबा, दाजुभाई, दिदीबहिनी सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु ।
साथै निर्वाचन आयोगले दुइचोटी समय थप गर्दा पनि यथेष्ट समयको अभावले थुप्रै मतदाताहरु नामावलीमा आफ्नो नाम समावेश गर्नबाट वञ्चित भएको कुरा प्रति समेत सम्बन्धित आयोग, सरकार र न्यायप्रेमी जनताको ध्यानाकर्षण गराउन चाहन्छु ।

मितिः २०७४/०५/०६

दीपक निरौला
संयोजक

तपाइँको प्रतिक्रिया ।