रसियाली सहरमा छुरी प्रहारबाट आठ घाइते

रसियाली सहरमा छुरी प्रहारबाट आठ घाइते

कपन अनलाइन 

मस्को, ३ भदौ । रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन । एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ । सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाइ कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ ।

आक्रमणकारी आफनो छेउबाट हिडीरहेका व्यक्तिहरुलाई चक्कु प्रहार गरेका अनुसन्धानकर्ताहरुले शनिबार जानकारी दिएको छ यो एक भीषण आक्रमण भएको रसियाको अनुसन्धान विभागले जानकारी दिएको छ ।

सहरको मध्य भागमा रहेको मुख्य सडकमा स्थानीय समय अनुसार विहान ११.३० मा घटना भएको अधिकारीहरुले जनाएका छन् । घटनास्थल मोस्को देखि २१ सय किलोमिटर उत्तर तर्फ रहेको छ ।

घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था स्थीर रहेको प्रान्तीय सरकारका अधिकारीहरुले बताएका छन् । उनीहरुले जारी गरेको वक्तव्यमा आक्रमणकारीहरुको पहिचान हुन नसक्ने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।