विराट कोहली एकदिवसीयका एक नम्बर ब्याट्सम्यान

विराट कोहली एकदिवसीयका एक नम्बर ब्याट्सम्यान

कपन अनलाइन 

भारतीय क्रिकेट कप्तान विराट कोहली ‘आइसिसि ओडिआइ’ र्‍याङकिङको एक नम्बरमा परेका छन्। शुक्रबार जारी भएको वन डे इन्टरनेशनलको सूचीमा ८७३ को रेटिङसहित विराट शीर्षस्थानमा परेका हुन्।

दोस्रो नम्बरमा अस्ट्रेलियाका डेभिड वार्नर छन्। विराट र वार्नरबीच १२ अंक मात्र फरक छ। यो दुरी बढाउन विराटले आइतबार हुने एकदिवसीय खेल श्रृंखलामा राम्रो मौका पाउने विश्लेषकहरुको भनाइ छ।

त्यस्तै यो सूचीमा भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी १२ औं, शिखर धवन १३ औं, उप कप्तान रोहित शर्मा १४ औं स्थानमा छन्। यो सूचीको १० नम्बरसम्म कोही भारतीय बलर परेका भने छैनन्। १३ औं स्थानमा भने भुवनेश्वर कुमार छन्।

त्यस्तै आइसिसि वानडे टिम र्‍याङकिङमा भारत हाल तीन नम्बरमा छ।

तपाइँको प्रतिक्रिया ।