कीर्तिपुर नगरपालिका वडा ३ का योजना तथा कार्यक्रमहरु

कीर्तिपुर नगरपालिका वडा ३ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,भाद्र १।

कीर्तिपुर नगरपालिका वडा ३ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार,विस्तार र निर्माण गरी वडाका सबै स्थानमा यातायातको व्यवस्था गर्दै वडालाई नगरपालिकाको नमुना वडा बनाउने मुख्य योजना रहेको वडा अध्यक्ष राजेन्द्र महर्जनले बताए ।

वडा नं ३ का मुख्य तथा सहायक सडकहरुमा पिपल बोट ओरालो बाट हितचा फा:जाने बाटोको मर्मत तथा साइड ड्रेन निर्माण गर्ने ,सागल गणेश मन्दिर बाट समलको पिपल बोट जाने बाटोमा ढुङ्गा छाप्ने , कुतुसाल बाट सागल जाने भित्री बाटोमा ढुङ्गा छाप्ने ,चाफल बाट मनमोगको भित्री बाटोमा ढल तथा ढुङ्गा छाप्ने , चाफल बाट झोचा जाने बाटोमा ढल हिम पाइप बिछ्याउने ,कुतु झोल देखि प्रहरी चौकी सम्म ढुङ्गा बिछ्याउने ,चौगा:ल देखि मचादेग:ल जाने बाटोमा साइड ड्रेन र ढुङ्गा छाप्ने ,घरेलु बाट मुग:छे सम्म ढल मर्मत गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

त्यस्तै दल्पा जाने बाटो शरणको घर अगाडी बाट कि माबी जाने ठाउमा हिम पाइप बिछ्याउने ,दयुले बाट एन्जेल स्कुल हुँदै दल्पा जाने बाटो ग्राबेल गर्ने , ढल्पा चोक देखी सागल वडा कार्यलय सम्म हिम पाइप बिछ्याउने , बिरलको घर बाट पश्चिम भुलाखे हुँदै हितिया फ:जाने बाटो फराकिलो बनाउन डोजर लगाइ ग्राबेल गर्ने ,समल नागाहिटी बाट (दक्षिण ,पश्चिम् ) बिष्णु देबि (मुलखुसी ) जाने बाटोलाई डोजर लगाइ फराकिलो पारी ग्राबेल गर्ने , कुतुसाल बाट समल चोक (दान बहादुर को घर )आउने भित्री गल्ली बाटो बनाउने ,कुतुसाल बाट (दोपचा) वा सागल आउने खुला ढललाई ब्यबस्तित गर्ने ,सागल बाट कुतुझोलको ढोका सम्म जाने बाटोमा साइड ड्रेन मर्मत निर्माण गर्ने ,कुतुझोल पानी ट्यान्की बाट ध्वास जाने गल्लीमा ढुङगा छाप्ने ,ध्वास बाट गुट पौ जाने बाटोको खुड्किला मर्मत गर्ने योजना वडा नं ३ ले बनाएको छ ।

वडा नं ३ को खानेपानीको समस्या समाधानका लागी सागल रोडमा खानेपानीको पाइप लाइन बिछ्याउने ,कुतुझोलको पानी ट्यान्की मर्मत गर्ने ,बिश्व रास्ट्र भा:बिमा पानी ट्यान्की निर्माण गर्ने ,लुमन्ती बस्तीमा खानेपानीको पाइप लाइन वा हिल्टेक ट्यान्की राख्ने र समल नगन्चोमा पानी ट्यान्की निर्माण गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं ३ का धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्धन गर्ने विशेष योजना रहेको अध्यक्ष महर्जनले बताए जसमा समल गणेश मन्दिरको तोरण फेर्ने र मर्मत गर्ने ,समल नगन्चो भवन पाटी लाई पार्केटिङ गर्ने ,बिश्व रास्ट्र मावीमा तल्ला थप्ने ,हितिचा:फा:को महादेव मन्दिर मर्मत संरक्षण गर्ने मुख्य योजना रहेका छन ।

वडाका युवाहरुको रचनात्मक गतिविधिको विकास गर्न वडा भरिका क्लवहरुलाई आवश्यक खेलकुद सामाग्री उपलब्ध गराउन पहल गर्ने ,बालबालिकाको बौद्धिक विकासका कार्यक्रम संचालन गर्ने ,टोलटोलमा राम्रा विद्यार्थीलाई प्रोत्साहन गर्न पुरस्कारको ब्यबस्था गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं ३ मा जेष्ठ नागरिक क्लब संचालन गर्ने र उनिहरुको लागी योग, ध्यान भजन मन्डल गठन गरी ब्यायाम गर्ने स्थान बनाउने जसमा धार्मिक पौराणिक पुस्तकको ब्यबस्थापन गर्ने र हप्ता हप्तामा स्वास्थ्य जाँच गराउने , ६ महिना वा १ बर्षमा कुनै एक धार्मिक ठाउको अबलोकन गराउने तथा सामाजिक सुरक्षा भत्ता  घरमै पुर्याउन वडा प्रयासरत रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं ३ मा रहेका सार्वजनिक जग्गा संरक्षणको योजना निर्माण गरी सहिद स्तम्भ पार्क निर्माण गरि व्यवस्थित गर्ने साथै वडाका पोखरी ब्यबस्थित गरी संरक्षण गर्ने ,दिखु खोलामा खुड्किला र घाट बनाउने र दिखु पाटी मर्मत गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं ३ का विभिन्न स्थानमा सौर्य बत्ती जडान गर्ने र स्वस्थ्य सिबिर सन्चालन गर्ने योजना वडाले बनाएको छ ।वडा नं ३ मा आउने सेवाग्राहीहरुलाई छिटोछरितो सेवा दिने अध्यक्ष महर्जनको प्रतिवदत्ता रहेको छ ।

कीर्तिपुर नगरपालिका वडा नं ३ मा अध्यक्ष महर्जनका साथमा नन्ददेबी महर्जन , रुपु बिक मिलन महर्जन र ज्ञान प्रसाद महर्जन जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।