कीर्तिपुर नगरपालिका वडा नं  ९ का योजना तथा कार्यक्रमहरु

कीर्तिपुर नगरपालिका वडा नं  ९ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,भाद्र १ ।

कीर्तिपुर नगरपालिका वडा नं  ९ का मुख्य तथा सहायक सडकहरुको अवस्था हेरी मर्मत ,निर्माण, सुधार र विस्तार गर्दै वडाका सबै स्थानमा सहज आवागमनका लागी यातायातको व्यवस्था गरी वडाको भौतिक, सामाजिक र सांस्कृतिक विकास गर्ने गंगाराम महर्जनले बताए ।

वडा नं ९ भित्र रहेका सडकहरु  तर्फ स्थानियको माग, सहमती र नियमनुसार गोरेटो बाटो स्तरउन्नती गर्ने, खल्ब देखी देवल निस्कने बाटो मर्मत गर्ने, नगाउ खाल चिखु जाने बाटो निर्माण गर्ने, खल्ब देखी रोडा हि पुग्ने बाटो स्तर उन्नती गर्ने साथै अन्य शाखा सहायक मार्ग आवश्यकता हेरी मर्मत सुधार तथा स्तरउन्न्ती गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

कीर्तिपुर नगरपालिका वडा नं ९ को खानेपानी समस्याको समधानको लागी नगाउँमा बनिरहेको रिजर्भ टयाकी चाडै संचालनमा ल्याउने र सम्यक टोलको खानेपानी समस्या समाधान गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं.९का धार्मिक तथा संस्कृतिक सम्पदाहरु संरक्षण गर्ने जसमा ऐतिहासिक बालकुमारी मन्दिर लगायत अन्य मन्दिरहरु  संरक्षण गर्ने साथै वडाका विभिन्न स्थानमा रहेको फोहोर मैला व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

जेष्ठ नागरिकलाई सम्मान गर्ने र अशक्त जेष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता घरघरमा नै बैंकको प्रतिनिधि वापत पुर्याउने योजना वडा नं.९ ले बनाएको छ ।

वडा नं ९ भित्र रहेका शैक्षिक संस्थाहरुको गुणस्तर सुधारको लागी पहल गर्ने, स्वास्थ्य चौकीलाई व्यवस्थित गर्ने, कार्यलय व्यवस्थित गर्ने, स्वस्थ्य चौकीमै वडा भएकोले केही असुविधाहरु भैरहेकोले चाडै व्यवस्थित गर्ने योजना रहेको वडा अध्यक्ष महर्जनले बताए ।

वडामा रहेका सार्वजनिक जग्गाहरु संरक्षण गरी व्यवस्थित गर्ने, सौर्य बत्ती ब्याकअप सहित जडान गर्ने र मुख्य व्यापारिक स्थान चोकमा सिसिटिभि जडान गर्ने योजना वडा नं ९ ले बनाएको छ ।

महिलालाई लक्षित कार्यक्रम तर्फ सिपमुलक तालिम संचालन गर्ने साथै  विभिन्न निकाय र संघसंस्था संग समन्वय गरी विवध कार्यक्रम संचालन गर्ने योजना वडा नं.९ ले बनाएको छ ।जनतालाई करको दायरामा ल्याउन पहल गर्ने साथै जनचेतना विकास गराउने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई मुस्कान सहितको छिटो छरितो सेवा दिने र वडामा पूर्ण सुशासन कायम गर्ने योजना रहेको वडा अध्यक्ष महर्जनले बताए ।

किर्तिपुर नगरपालिका वडा नं.९ मा अध्यक्ष महर्जनको साथमा सुनिता नकर्मी, सन्जय मान महर्जन, कृति नेपाली र प्रेम कृष्ण श्रेष्ठ जनप्रतिनिधि रहेका छन् ।

 

 

तपाइँको प्रतिक्रिया ।