कीर्तिपुर नगरपालिका वडा नं ३ मा रहेको चार सहिदको प्रतिमा

कीर्तिपुर नगरपालिका वडा नं ३ मा रहेको चार सहिदको प्रतिमा

कपन अनलाइन 

काठमाण्डौ साउन ३२

कीर्तिपुर नगरपालिका वडा नं ३ मा रहेको चार जना सहिदको  प्रतिमा ।
यस प्रतिमामा ४ जना सहिदको सालिक रहेको छ जसमा  २०४६ सालको पन्चायत विरुद्ध लडेर किर्तिपुर तत्कालिन पालिफल गाबिस वडा ५ मा २०२५सालमा जन्मिएका सहिद राजमान माली जो  आन्दोलनको क्रममा खसिबजार रेड्क्रस भवन अगाडी शरीरको मध्ये छातीमा गोली लागी २०४६ साल चैत्र २० गते सहादत परप्त गरेका थिए ।
 तत्कालिन पालिफल गाबिस वडा नं  ६ मा २००६ सालमा जन्मिएका सहिद लनबहादुर महर्जन २०४६ सालको पन्चायत बिरुद्दको आन्दोलनको क्रममा कुटुभ्व गणेशस्थान अगाडी शरीरको बायाँ तर्फ छातिको पृष्ठ भागमा गोली लागी २०४६ साल चैत्र २० गते सहादत  प्राप्त गरेका थिए ।
 तत्कालिन लायकू गाबिस वडा ७ मा २०३९सालमा जन्मिएका सहिद राजेन्द्र महर्जन २०४६ सालको पन्चायत बिरुद्दको आन्दोलनको क्रममा खसीबजार रेडक्रस भवन अगाडी शरीरको मुख्य अंग टाउकोमा गोली  लागी  २०४६ साल चैत्र २० गते सहादत  प्राप्त गरेका थिए ।
तत्कालिन  पालिफल गाबिसमा २०१७ सालमा जन्मिएका सहिद हिराकाजी महर्जन २०४६ सालको पन्चायत बिरुद्दको आन्दोलनको क्रममा कुटुभ्व गणेशस्थान अगाडी शरीरको दायाँ तर्फको छातिमा गोली लागी २०४६ साल चैत्र २० गते सहादत प्राप्य गरेका थिए
तपाइँको प्रतिक्रिया ।