श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपती द्वारा कृष्ण मन्दिरमा पुजा अर्चना

श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपती द्वारा कृष्ण मन्दिरमा पुजा अर्चना

कपन अनलाइन

काठमाडौ,साउन ३०।

आज अपरान्ह ४ बजे कागेश्वोरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर नबतनधाममा रास्ट्रपति बिद्यादेवी भण्डारीले पुजा अर्चना गरेकी छन ।

कागेश्वोरी मनोहरा नगरपालिका वडा नं  ८ गोठाटारमा रहेको श्री कृष्ण प्रणामी मन्दिर नबतनधाममा आज श्रीकृष्ण जन्माष्टमीका दिन बिहानै देखी भक्तजनहरुको ठुलो भिड थियो ।

रास्ट्रपति बिद्यादेवी  भण्डारीको स्वागतमा सांसद  रामेश्वर फुँयाल,कागेश्वोरी नगरपालिकाका प्रमुख कृष्णहरी थापा,शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ , कागेश्वोरी मनोहरा नगरपालिका वडा ९ का अध्यक्ष कुन्दन खड्का र वडा ८ का श्रीकृष्ण चापागाईं उपस्थित थिए  ।

पुजा अर्चना पछी आयोजक समितीले राष्ट्रपतीलाई मायाको चिनो प्रदान गरेको थियो ।रास्ट्रपतिको आगमन सङै केही समय सर्बसाधारणलाई पुजामा रोक लगाइएको थियो ।नेपाल प्रहरी , नेपाल स्काउट र  स्थानीयले सहयोग गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।