कृष्ण मन्दिरमा भक्तजनकोे भीड

कृष्ण मन्दिरमा भक्तजनकोे भीड

कपन अनलाइन 

ललितपुर, ३० साउन । पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताउनुभयो ।

पूजाका लागि चाँपागाउँ, गोदावरी, पाटनवासीलगायत राजधानीका विभिन्न स्थानबाट व्रतालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन उक्त मन्दिरमा विशेष पूजाअर्चना गरिनुका साथै जात्रा मनाइने प्रचलन रहेको छ ।

सो क्षेत्रमा रहेको भगवान श्रीकृष्णको मन्दिरमा हरेक वर्ष राष्ट्रप्रमुखबाट पूजा गर्ने र प्रसाद ग्रहण गरिने प्रचलन रहँदै आएको छ । शिखरशैलीमा निर्मित सो मन्दिर राजा सिद्धीनरसिंह मल्लको पालामा निर्माण भएको हो । उक्त मन्दिरमा २१ वटा गजुर रहेको छन् ।

तपाइँको प्रतिक्रिया ।